वन्दीपुर र म्याग्देमा नेकपा परित्याग गरी २ सय ११ जना काग्रेसमा प्रवेश

प्रकाश अधिकारी÷सेतीमादीदमौली, २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कम्युनिष्टहरु लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको बताएका छन् । म्याग्दे गाउँ पालिका–३ को कुलचौरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले सो कुरा बताएका हुन् । नेपालका कम्युनिष्टहरुको चरित्र तानाशाह भएको भण्डारीको जिकिर रहेको थियो । सबै शक्ति एक व्यक्तिमा लिन प्रधानमन्त्रीले संसद विघटन गरेको उल्लेख गर्दै भण्डारीले यस्ता कदमले ७० वर्ष देखि … Continue reading वन्दीपुर र म्याग्देमा नेकपा परित्याग गरी २ सय ११ जना काग्रेसमा प्रवेश

ओली समूहद्धारा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना

दमौली , २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार तनहुँमा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरयो । ओली समुहले नेकपाको पार्टी कार्यालय परिसरमा कार्यकर्ता भेला आयोजना गरेको थियो । भेलालाई ओली समूहका केन्द्रीय नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभई बाध्यात्मक परिस्थीतिले गर्दा संसद विघटन गर्नु परेको बताएका थिए । … Continue reading ओली समूहद्धारा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना

नेपाली काग्रेसद्धारा विरोध प्रर्दशन

दमौली , २५ पुस । संसद विघटनको विरोधमा नेपाली काग्रेसले शनिबार देशव्यापी रुपमा विरोध प्रर्दशन आयोजना गरयो । यसै सिलसिलामा नेपाली काग्रेसले तनहुँमा बाइसजाँगर ,आँबुखैरेनी , दुलेगौडा र घिरिङ देउरालीमा विरोध प्रर्दशन आयोजना गरयो । विरोध प्रर्दशनका काग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । बाइसजागर आयोजित विरोध सभालाई सम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य गोविन्द भट्राईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक … Continue reading नेपाली काग्रेसद्धारा विरोध प्रर्दशन

रहेनन आधुनिक दमौली बजारको परिकल्पनाकार मध्येका सदस्य इन्जिनियर भट्राई

दमौली , १६ पुस । आधुनिक दमौली बजारको परिकल्पनाकार मध्येका एक सदस्य इन्जिनियर हरिभक्त भट्राईको बिहिबार निधन भएको छ । भट्राईको बिहिबार बिहान ७५ बर्षको उमेरमा निधन भएको हो । व्यास ११ फराकचौर पुख्यौली थलो भएका भट्राई लामो समय देखि व्यास ३ निमचोकमा स्थायी रुपमा बसोबास गर्दै आईरहेका थिए ।भट्राईका कान्छा सुपुत्र सुमन भट्राईका अनुसार स्वास्थ्यमा सामान्य समस्या देखिएसगै उपचारका लागि बिहिबार बिहान पोखरा लगिएको … Continue reading रहेनन आधुनिक दमौली बजारको परिकल्पनाकार मध्येका सदस्य इन्जिनियर भट्राई

कम्युनिष्टहरु देश र जनता प्रति इमान्दार हुदैनन् भन्ने पुनःपुष्टिभएको छ

जनादेशलाई समेत अपमान गर्ने कम्युनिष्टहरु प्रजातन्त्रको जति नै नारा लगाए पनि सर्वसत्तावादी, अधिनायकबादी र अराष्टिूय नै हुन । उनिहरु देश र जनता प्रति कहिल्यै इमान्दार हुदैननभन्ने थप उजागर भएको छ । देशमा नेकपाको सरकार बने पश्चात भ्रष्टाचार, वेथिति, अराजकता र कानून विहीनता निरन्तर बढदै जादा मुलुकले धान्न नसक्ने अवस्था सिर्जना भएको थियो । त्यसमा पनि पछिल्लो केही महिना देखि नेकपा भित्रको अर्थहीन शक्ति संघर्षको खिचातानिले … Continue reading कम्युनिष्टहरु देश र जनता प्रति इमान्दार हुदैनन् भन्ने पुनःपुष्टिभएको छ

सिराहामा विराेध सभालाई सम्बाेधन गर्दै काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी ।तस्बिर सेतीमादी ।

Continue reading सिराहामा विराेध सभालाई सम्बाेधन गर्दै काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी ।तस्बिर सेतीमादी ।

जेसी आई व्यास नगर समितिले पूर्णता पायो

सेतीमादी संवाददातादमौली, २३ मंसिर ।जेसीआई व्यास नगरको समितिले पूर्णता पाएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मीभक्त खनालले समिति विस्तार गरेसगै समितिले पूर्णता पाएको हो । समितिको कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल, कानुनी सल्लाहकारमा राजु राना, महासचिवमा अजर नागिला, कोषाध्यक्षमा युवराज भण्डारी, उपाध्यक्षहरुमा पवन पौडेल, सनम अधिकारी, टिका मक्रान्ती, सन्जिव घिमिरे, सचिव कमल गिरी, शाखा सम्पादकमा सुनिल श्रेष्ठ, तालिम निर्देशकमा विनोद गोशली, जनसम्पर्क प्रमुखमा … Continue reading जेसी आई व्यास नगर समितिले पूर्णता पायो