कांग्रेसमा रहेको भन्दै विज्ञप्ती जारी

दमौली ,१२ मंसिर ।व्यास नगरपालिका–११ रानीगाउँमा नेपाली काँग्रेस परित्याग गरी नेकपामा गएको भनिएका व्यक्तिहरुले काँग्रेसमा नै रहेको जनाएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले काँग्रेस नछाडेको उल्लेख गरेका छन् ।‘यही मंसिर ९ गते रानीगाउँमा प्रतिनिधी सभाका सांसद कृष्णकुमार श्रेष्ठको उपस्थितिमा सर्वसाधारण नागरिकहरुलाई कार्यक्रमको विषयमा विस्तृत जानकारी नदिई उपस्थिति गराई ने.क.पा. प्रवेश गराउने प्रयास गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ उनिहरुले विज्ञप्तीमा भनेका … Continue reading कांग्रेसमा रहेको भन्दै विज्ञप्ती जारी

तनहुँकी मनिषा गोल्डेन आईडलमा टप सेभनमा छनोट

अमरराज नहर्कीदमौली ,२८ कार्तिक ।तनहुँकी मनिषा श्रेष्ठ नेपाल गोल्डेन आईडलको टप सेभेनमा पुग्न सफल भएकी छिन् ।प्रतियोगिताको नृत्य तर्पmबाट मनिषा छनोट भएकी हुन् । घरमै नृत्य सिकेर मनिषा छनोट हुँदै गएपछि विजेताको नजिक पुगेकी छिन् ।पोखरामा भएको अडिसनबाट उनी छनोट भएकी हुन् । म्याग्दे गाउँपालिकाको थर्पु स्थित मिन माध्यामिक विद्यालयमा कक्षा–८ अध्ययन गर्ने मनिषा १४ वर्षको छिन् । सानै देखि नाच्न सिपालु मनिषा पढाईमा अब्बल … Continue reading तनहुँकी मनिषा गोल्डेन आईडलमा टप सेभनमा छनोट

परेवा डाँडामा परेवाको मूर्ति राखेपछि पर्यटक आर्कषित

दमौली ,२१ कार्तिक ।व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मूर्ति निर्माण पछि उक्त ठाउँमा पर्यटक आकर्षित भएका छन् ।परेवाडाडाँमा रहेको पहरोमा परेवाहरु बस्ने गरेको र प्राकृतिक दृश्य अवलोकनको लागि पर्यटक आउने गरेकोले थप आर्कषण गर्न मूर्ति राखिएको हो । मूर्ति राखेपछि त्यहाँ घुम्न पुग्नेहरुले सामाजिक सञ्जालहरु फेसबुक, ट्टिर, इन्स्टाग्राम फोटो र भिडियो पोष्ट गर्न थालेपछि प्रचार÷प्रसारमा टेवा पुगि पर्यटक बढेको उक्त … Continue reading परेवा डाँडामा परेवाको मूर्ति राखेपछि पर्यटक आर्कषित

गीत सुटिङको हब बन्दै व्यास नगर

व्यास नगर क्षेत्र गीतको भिडियो छायाङ्कनको आर्कषण गन्तव्य बन्न थालेको छ । पृथ्वीराजमार्गले छोएको सुगम क्षेत्र र लोभलाग्दो भू–बनोटले गर्दा सदरमुकाम दमौली र आसपासको क्षेत्र रोजाईमा पर्न थालेको हो ।कोरोना भाईरसको कहरका बाबुजुद जनजीवन सामान्य हुँदै जान थालेपछि तनहुँमा म्यूजिक भिडियोको छायाङ्कनले पनि गति लिन थालेको छ । निशा देशारको स्वर, सुरेश गैह्रेको संगीत, विष्णुप्रसाद पाण्डेको शब्दमा रहेको‘म यो कस्तो प्रेम गरिरहेछुअचानो भएर सबै चोट … Continue reading गीत सुटिङको हब बन्दै व्यास नगर

गोरखाको लिगलिगकोटमा देशभक्तिपूर्ण गीतको म्यूजिक भिडियो छायाँङ्कन गरिदैं ।

Continue reading गोरखाको लिगलिगकोटमा देशभक्तिपूर्ण गीतको म्यूजिक भिडियो छायाँङ्कन गरिदैं ।

सन्तोष लामाको आवजमा सागर उदासको ‘जम्काभेट’ बजारमा

दमौली ,१३ असोज ।गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आइतबारबाट बजारमा आएको छ । गीत हाइलाईस् नेपाल युटुब च्यानलबाट बजारमा आएको हो । हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाज रहेको छ । पहाडकी रानी बन्दिपुर लगायत विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आरभी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षत्रीको लगानीमा … Continue reading सन्तोष लामाको आवजमा सागर उदासको ‘जम्काभेट’ बजारमा

सागर उदासको ‘जम्काभेट’ भिडियो तयार

दमौली ,८ असोज ।गीतकार सागर उदाशको शब्द रचना रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो तयार भएको छ । भिडियोको शुक्रबार युवटुबबाट रिलिज गरिने भएको छ ।भिडियोको मोडल सुदिप पौडेलले निर्देशन गरेका छन् । यो पौडेलले गरेको निर्देशनको दोस्रो भिडियो हो । यस अघि उनले ‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा निर्देशन गरेका थिए । संगीतकार हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको श्वर रहेको छ … Continue reading सागर उदासको ‘जम्काभेट’ भिडियो तयार

नहर्कीको विरानो देश बजारमा

दमौली, ५ भाद्र । तनहुँमा निमार्ण गरिएको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ । वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको व्यथालाई आधार बनाएर तनहुँका पत्रकार अमरराज नहर्कीले यस गीतमा शब्द लेखेका छन् । गीतमा श्वर तथा सङ्गीत नवराज थापाको रहेको छ । म्युजिक भिडियोको निर्देशन समुन्द्र पौडेलले गरेका छन् । गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा … Continue reading नहर्कीको विरानो देश बजारमा

आज व्यास नगरपालिका बिदा

दमौली २१ असार व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको ३२ औं नगरसभाले व्यास जयन्तीमा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाले सूचनामार्फत असार २१ गते व्यास अवतरण दिवस मनाउन नगरपालिका र सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय एवं अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था बन्द रहने जनाएको छ । Continue reading आज व्यास नगरपालिका बिदा