काग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

दमौली , १८ मंसिर । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेका छन् । काग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्राई , प्रदीप पौडेल ,आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले लगायतका काग्रेसका नेता तथा कार्यकर्ताको उपस्थितीमा वरिष्ठ नेता पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेका हुन् । यसअघि हिजो वरिष्ठ नेता पौडेललाई पुल उदघाटन गर्न स्थानीय प्रशासनले रोक लगाएको थियो । पुल उद्घाटन समारोहमा … Continue reading काग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगे

दमौली , १८ मंसिर ।नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी गृह जिल्ला आइपुगेका छन् ।हिजो गृह जिल्लामा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेता कार्यकर्तालाई धरपकड गरेपछि असहज परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगेका हुन । काग्रेस वरिष्ठ नेता पौडेल ,केन्द्रीय सदस्य भण्डारी लगायत अन्य नेताहरुको उपस्थितीमा आज व्यास १ तालघारे र ११ जोड्ने पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । Continue reading केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगे

फेरी अर्को आन्दोलनमा उत्रिने बेला आयो– वरिष्ठ नेता पौडेल

दमौली,१८ मंसिर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र गुम्ने र प्रतिगमनले टाउको उठाउने अवस्था आएकोले नेपाली जनताले फेरी अर्को आन्दोलन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन् ।नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । नेकपाले जहाँ पनि हस्तक्षेप गरेर अधिनायकवाद लाद्न खोजेको र राजवादीहरु जुरुमुराएर प्रतिगमन निम्त्याउने अवस्था आएकोले जनता सडक ओर्लिएर प्रतिक्रार गर्नुपर्ने बताए । … Continue reading फेरी अर्को आन्दोलनमा उत्रिने बेला आयो– वरिष्ठ नेता पौडेल

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललाई प्रहरीले यसरी धरपकड गरेकाे थियाे ।तस्बिर प्रकाश अधिकारी ।सेतीमादी ।

Continue reading काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललाई प्रहरीले यसरी धरपकड गरेकाे थियाे ।तस्बिर प्रकाश अधिकारी ।सेतीमादी ।

वरिष्ठ नेता पौडेल रिहा

वरिष्ठ नेता पौडेल रिहा पक्राउ परेका काँग्रेसका वरिष्ठ नेता पौडेल तीन घण्टा पछि रिहा भएका छन् । रिहा पछि पौडेलले मण्डले तस्कर र गुण्डागर्दी प्रवृत्तिको कारणले गर्दा तनहुँमा आन्दोलन गर्नु परेको र आन्दोलन अघि बढ्ने बताए । साथै पौडेलले शक्तिको दुरुपयोग गरी शान्तिपूर्ण कार्यक्रममाथी गुण्डा र तस्करको आदेशले गर्दा विथोल्न खोजिएको आरोप लगाएको बताए । कोखमा लाठीले पेलिएकोले चोट परेकोले धेरै बोल्न नसकेको पौडेलले बताएका … Continue reading वरिष्ठ नेता पौडेल रिहा

तरुण विभागद्धारा घटनाको निन्दा : पतन उन्मुख र भ्रष्ट सत्ताको बलमा सिर्जना गर्न खोजिएको अराजक गतिविधी हो–केन्द्रीय सदस्य भण्डारी

सेतीमादी संवाददातादमौली, १७ मंसिर । नेपाली काँग्रेसको तरुण विभागले बुधबार तनहुँमा भएको घटना प्रति प्रेस विज्ञेप्ती जारी गरी निन्दा गरिएको छ । तरुण विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विज्ञेप्ती जारी गरि निन्दा गरेका हुन् ‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख अतिथि रहने गरि स्थानीय जनताले आयोजना गरेका सार्वजनिक कार्यक्रम, निर्माण सम्पन्न भएका पूर्वाधार कार्यक्रमको उद्घाटनलाई अवरोध गर्ने तथा हुलहुज्जत गर्ने कार्यको … Continue reading तरुण विभागद्धारा घटनाको निन्दा : पतन उन्मुख र भ्रष्ट सत्ताको बलमा सिर्जना गर्न खोजिएको अराजक गतिविधी हो–केन्द्रीय सदस्य भण्डारी

वरिष्ठ नेता पौडेल गिरफ्तार

सेतीमादी संवाददाता १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर झडप हुने स्थिती आएपछि गिरफ्तार गरिएको हो । व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । … Continue reading वरिष्ठ नेता पौडेल गिरफ्तार

पुल क्षेत्रमा निशेष आज्ञा

तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएपछि तनाव सृजना भएको छ । व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला जोड्ने पुल उद्घाटन गर्ने विषयलाई झडप हुने स्थिती आएपछि प्रशासनले गरेको निशेष आज्ञा Continue reading पुल क्षेत्रमा निशेष आज्ञा