१ नं वडामा विरोध सभाको तयारी पुरा

दमौली , ७ माघ । नेपाली काग्रेस तनहुँले भोली हुने विरोध सभाको तयारी पुरा भएको तनहुँ कांग्रेसले जनाएको छ । तनहुँ कांग्रेसले केन्द्रको निर्देशन अनुसार देशव्यापी रुपमा वडा तहमा विरोध सभा आयोजना गर्दैछ । यसैबीच व्यास नगरपालिकाको १ नं वडा कार्य समितिले गल्बुवेसीमा आयोजना गर्न लागेको विरोध सभालाई कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही विषयलाई बुधबार नेपाली कांग्रेस १ … Continue reading १ नं वडामा विरोध सभाको तयारी पुरा

तरुण विभाग प्रमुख भण्डारीले तोके ६ वटा प्रदेशमा प्रदेश संयोजक

दमौली , ७ माघ ।नेपाली काग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले ६ वटा प्रदेशमा प्रदेश संयोजक तोकेका छन् । जसअनुसार प्रदेश नं १ को मदनबहादुर बुढाथोकी झापा, प्रदेश नं २ को रामपल्टन शाह धनुषा, वागमती प्रदेशको पदम नारायण तिमिल्सेना ललितपुर ,गण्डकी प्रदेशको पूर्णबहादुर गुरुङ तनहुँ,लुम्बिनी प्रदेशको नन्दबहादुर विष्ट ,रुकुम पूर्व र कर्णाली प्रदेशको राजेश शाही दैलेखले प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् । केन्द्र र प्रदेशबीच … Continue reading तरुण विभाग प्रमुख भण्डारीले तोके ६ वटा प्रदेशमा प्रदेश संयोजक

उत्कृष्ट ट्राफिक व्यवस्थापनका लागि दमौलीमा कार्यालय समय लागू

दमौली ,७ माघ ।सवारीको अत्यधिक चाप हुने समयमा दमौलीमा टान्सर्पोटबाट आएका, समान विक्री गर्ने साधनहरु लोड तथा अनलोडको गर्न नपाईने भएको छ । ‘‘कार्यालय समय’’ लागू गरी विहान ९ बजे देखि १०ः१५ बजे र दिउँसो ३ः ३० बजे देखि ४ बजे सम्म नपाईने नियम बनाईएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा मंगलबार दमौलीमा गरिएको सरोकारवालाहरुकासँगको … Continue reading उत्कृष्ट ट्राफिक व्यवस्थापनका लागि दमौलीमा कार्यालय समय लागू

खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन

पर्यटन नेपालको प्रमुख आम्दानीको स्रोत हो । बर्षेनी हजारौंको संख्यामा विदेशी पर्यटकहरु नेपाल घुम्न आउने गर्दछ । विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदै गर्दा नेपालको अर्थतन्त्रमा निकै टेवा पुग्दै आईरहेको छ । पर्यटन भनेपछि खासगरी घुम्नका लागि मात्र आउने भन्ने हामीको सबैको बुझाई छ । त्यो एक हिसाबले सहि पनि हो ।तर घुम्न आउने माध्यम मात्र पर्यटन प्रवद्र्धनको प्रमुख आधार नभई विभिन्न किसिमको खेलकुदको माध्यमलाई पनि … Continue reading खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन

घिरिङमा अवैध ढंगले नदीजन्य सामाग्री उत्खनन

दमौली ,७ माघ ।घिरिङ गाउँपालिकाको वडा नं १ मा अवैध ढंगले नदीजन्य सामाग्री उत्खनन गरिएको छ ।अवैध ढंगले नदी जन्य सामाग्री उत्खननमा संलग्न जेसिभीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । नियन्त्रणमा लिएको जेसिभीलाई प्रहरीले गाउँपालिकालाई बुझाएको थियो । तर उक्त जेसिभिलाई छाडि दिएको छ । कांग्रेसका स्थानीय नेता सुमन थापा नियम विपरित उत्खननमा संलग्न जेसिभी छाडिनु सरासर गलत भएको बताउँछन् । गाउँपालिकाको यस किसिमको कदमले … Continue reading घिरिङमा अवैध ढंगले नदीजन्य सामाग्री उत्खनन

वडा नं १ को विरोध सभालाई केन्द्रीय सदस्य भण्डारीले सम्बोधन गर्ने

दमौली , ६ माघ । नेपाली काग्रेसले माघ ८ गते देशव्यापी रुपमा वडा तहमा विरोध सभा आयोजना गर्ने भएको छ । देशव्यापी रुपमा आयोजना गर्ने विरोध सभालाई नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।यसै सिलसिलामा तनहुँका ८५ वटा वडामा काग्रेसले कांग्रेसले विरोध सभा आयोजना गर्ने भएको छ ।सोही अनुरुप तनहुँ कांग्रेस विरोध सभाको तयारी समेत गरेको छ ।यसैबीच नेपाली … Continue reading वडा नं १ को विरोध सभालाई केन्द्रीय सदस्य भण्डारीले सम्बोधन गर्ने

अधिकारीद्धारा जन्मदिनका अवसरमा स्कुल अफ डेमोक्रेसी मार्फत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

दमौली , ६ माघ । आँबुखैरेनी स्थायी घर भई हाल काठमाण्डौं बस्दै आएकी मधु अधिकारीले जन्मदिनका अवसरमा तीन जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन् । अधिकारीले स्कुल अफ डेमोक्रेसी तनहुँ मार्फत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् ।यसैबीच अधिकारीले उपलब्ध गराएको शैक्षिक सामाग्री र न्यानो कपडा स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले मंगलबार हस्तान्तरण गरेका छन् । अध्यक्ष अधिकारीले व्यास नगरपालिका वडा नं १२ … Continue reading अधिकारीद्धारा जन्मदिनका अवसरमा स्कुल अफ डेमोक्रेसी मार्फत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

छात्राहरुलाई सुविधा

तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा सञ्चालित सहिद चन्द्र नेपाली छात्रावास क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि वरदान नै सावित हुन पुगेको छ । खासगरी छात्रावासमा बसेर छिमेकी जिल्ला र तनहुँकै दुर्गम भेगबाट आएका छात्राहरुले सहज रुपमा उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त भएसगै छात्रावास छात्राहरुका लागि वरदान सावित हुन पुगेको हो । सामान्यतय उच्च शिक्षाका लागि आएका विद्यार्थीहरु बाहिर बसेर अध्ययन गर्दा कम्तीमा पनि … Continue reading छात्राहरुलाई सुविधा

सुटुक्क विद्यालयमा पुग्दै विपन्न विद्यार्थीलाई स्वीटर बाड्दै

दमौली ,६ माघ ।‘‘केटाकेटीको जाडो बाख्राले खान्छ’’ यही नेपाली भनाई प्रयोग गर्दै विपन्न विद्यार्थीलाई विद्यालयमा आउन प्रोत्साहन गर्छन् तनहुँका एक विद्यालयका शिक्षकहरु । यसरी विद्यार्थीलाई प्रोत्साहन गर्ने गरिएको छ व्यास नगरपालिका– ५ चिन्तुटार स्थित शुक्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई । न्यानो कपडाको अभावले लुगलुग काम्दै आउने विद्यार्थीलाई सान्त्वना दिन शिक्षकले त्यसो भन्ने गरेका हुन् । कोरोना भाईरसको सङ्क्रमणले गर्दा तिहार पछि मात्रै सञ्चालनमा ल्याईएकाले जाडो … Continue reading सुटुक्क विद्यालयमा पुग्दै विपन्न विद्यार्थीलाई स्वीटर बाड्दै

आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न

दमौली ,६ माघ ।आँबुखैरेनी गाउँपालिकाको ८ औं सभा सोमबार सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा भएको सभाले आव २०७७÷ ०७८ को लागि ५७ करोड ५ लाखको संशोधित बजेट पारित गरेको सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । सभाले ५० प्रतिशत अनुदानमा सञ्चालन हुने पशुसेवा कार्यक्रम कार्यान्वयन कार्यविधी २०७७ र पशुपन्छी पकेट क्षेत्र प्रर्वद्धन सहयोग कार्यक्रम सञ्चालन निर्देशिका २०७७ पारित गरेको छ ।पालिकाले १ … Continue reading आँबुखैरेनी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न