
दमौली ,२९ पुस ।
व्यास ३ निवासी नेपाली काग्रेसका अग्रज एवं सामाजिक व्यक्तित्व स्व. हरिभक्त भट्राईको स्मृतीमा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरियो ।
सो श्रद्धाञ्जली सभा नेपाली काग्रेस ३ नं वडा कार्य समितिद्धारा आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले स्व. भट्राईले लोकतन्त्र प्राप्ति र काग्रेस पार्टीका लागि पुरयाएको योगदानका बारेमा चर्चा गरेका थिए । साथै स्व. भट्राईले आधुनिक दमौली बजारको निर्माण देखि अन्य सामाजिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा आमन्त्रित केन्द्रीय सदस्य वाग्लेले चर्चा गरेका थिए ।
३ नं वडा कार्य समितिका सभापति बाबुराम वगालेको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोला , व्यास नगर सभापति शान्तिरमण वाग्ले र नगर सह–सचिव डम्बर अधिकारी र स्व.भट्राईकी जेठी बुहारी ईश्वरी भट्राईले बोलेका थिए ।
वक्ताहरुले स्व.भट्राईले विभिन्न क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।