
दमौली ,२९ पुस ।
तनहुँको व्यास नगरपालिकाले मङ्गलबार कार्यालय परिशरमा सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ ।
जनतासँग स्थानीय तह भन्ने नारालाई कार्यान्वय गर्न प्रथम चौमासिक अन्तर्गतको सार्वजानिक सनुवाई कार्यक्रम गरिएको हो । कृषि क्षेत्र प्राथमिकतामा नपरेकोले पर निर्भरता बढेको कृषकहरुले गुनासो गरे । सार्वजानिक सुनुवाई कार्यक्रममा कृषकले आगामी वजेटमा कृषि क्षेत्रमा वृद्धि गर्न आग्रह गरेका थिए ।
व्यास नगरपालिका–६ मादीवेशीका कृषक नवराज न्यौपानेलेले व्यावसायिक कृषकको सङख्या थप गर्न अनुदानका कार्यक्रमको लागि बजेट वृद्धि गर्नु पर्ने बताए । ‘सिमिति कोटा हुँदा अधिकांश कृषकले छुट्टाईएको नपाउने समस्या छ, व्यवसायिक कृषकको तथ्याङ्क सङ्कलन गरी होचुवा नभई मागको आधार तय गरिनु पर्छ’ कृषक न्यौपानेले । साथै न्यौपानेले बाढी पहिरोले नोक्सान पु¥याएका कृषकले उचित क्षतिपूर्ति नपाएको गुनासो पनि गर्नु भयो । कृषक देव गुरुङले मल, बिउ समयमा नपाईने समस्या रहेको बताए । कहाँ मल पाईन्छ, कति बेला पाइन्छ, कृषक थाहानै हुँदैन, मल हाल्ने बेला सधैं अभाव हुन्छ, कृषक गुरुङले भन्नुभयो, पैसा तिरेर किन्छु भन्दा पनि समयमा पाइदैन’ गुरुङले भने ।

सहरी क्षेत्रमा कौसी खेती सञ्चालन गर्न सकिने त्यसबाट कुहिने वस्तुलाई मल बनाउन सकिने भएपनि त्यस तर्पm ध्यान जान नसकेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला उद्यमी कार्य समितिकी अध्यक्ष कल्पना गौलीले बताइन् । सार्वजानिक सुनुवाईमा धेरै जसो आलोचना हुने गरेपनि राम्रो काम भएको भनि प्रशंशा पनि गरिएको थियो । कार्यक्रममा व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलले शिक्षा क्षेत्रमा व्यास नगरपालिकाले राम्रो काम गरेको बताए । नगरपालिकाले एक करोड रुपियाँ क्याम्पसको भौतिक पूर्वाधार क्षेत्रको विकासको लागि मद्धत गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे । दान सङ्कलन गरेर, विद्यार्थीसँग शुल्क उठाएर सामुदायिक क्याम्पसले तलब खुवाउनु पर्ने वाध्यता रहेको हड्खलले बताए । ‘जन सहभागितमा सञ्चालित सामुदायिक क्याम्पसले सरकारी क्याम्पसको भन्दा नतिजा राम्रो भएपनि अन्य सरकारको ध्यान कम गएको बेला स्थानीय सरकारले चासो देखाएको छ यो खुसीको कुरा हो’ क्याम्पस प्रमुख हड्खलेले भने । सोही क्याम्पसका उपप्रध्यापक वसन्त कँडेलले भाषाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले नगरपालिकाले भाषिक नीति बनाउन सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा सार्वजानिक जग्गाहरु अतिक्रमणको चपेटामा परेकाले सरंरक्षण गरिनु पर्ने माग नगरवासीले गरेका थिए । नगर प्रमुख वैकुण्ठ न्यौपानलेले प्राप्त सुझाव र गुनासोका सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘तपाईहरु सुझाव रायलाई खेर जान दिँदैनौं, सार्वजानिक हित विपरितका कार्य कसैले नगरौं समृद्ध नगर बनाउन टेवा पुग्छ’ न्यौपानलेले भने । कार्यक्रम उपप्रमुख मिरा जाशीले वजेट महिला मैत्री भएको दाबी गरेकी थिईन् । साथै उनले प्रारदर्शी र सूशासनको लागि अनुगमन तिब्रता दिईएको र गुणस्तरहीन काम गर्नेको वजेट रोक्का गर्ने गरिएको जानकारी दिईन् । विभिन्न जिज्ञसाकाको नगर प्रमुख न्यौपाने उपप्रमुख मिरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडा अध्यक्षहरु तथा विषयगत शाखा कर्मचारीले आपूmसँग सम्बन्धित जिज्ञासाको जवाफ दिएका थिए । सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण महिला शसक्तिकरण सञ्चार समाजले गरेको थियो । समाजले नगरवासीको धारणा लिन कार्यक्रमा नागरिक सर्वेक्षण फारम सेवाग्राहीलाई वितरण गरेको थियो । त्यसको नतिजा निकालेर चाँडै नै नगरपालिकामा हस्तान्तरण गरिने समाजकी अध्यक्ष प्रकृति न्यौपाने खनालले जानकारी दिइन् ।