
दमौली ,२९ पुस ।
नेकपा दाहाल–नेपाल समुह तनहुँ कमिटीद्धारा मङ्गलबार तनहुँको १० वटै स्थानीय तहको प्रवेशद्धारमा प्रतिनिधी सभा पुर्नस्थापनाको माग राख्दै व्यानर टाँसेको छ । प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भन्दै व्यानर टाँसेको हो ।
माग पुरा गर्न दबाब दिने उद्धेश्यले १० वटै स्थानीय तहमा व्यानर टाँसिएको र माग पुरा नहुँदा सम्मको लागि व्यानर राखिने नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । व्यानरमा ‘प्रतिनिधी सभा विघटन गर्ने असंवैधानिक तथा प्रतिगामी कदम खारेज गर’ भनि लेखिएको छ ।