दलहरु भित्रै पुनःस्थापनका विषयमा दुई धार

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसगै मुलुकको राजनीति दुई धारमा विभाजित हुन पुगेको छ । यसरी दुई धारमा विभाजित हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली खेमाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) चुनावको पक्षमा देखिएको छ भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल खेमा संसद पुनःस्थापनाको पक्षमा देखिएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली काग्रेस, जनता समाजवादी लगायतका राजनीतिक दलहरुले समेत संसद विघटन असंवैधानिक कदम भएको जिकिर गरेका छन् । साथ –साथै नेकपाको दाहाल –नेपाल खेमा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी लगायतका राजनीतिक दलहरुले लगातार विरोधका कार्यक्रममा समेत आयोजना गरिरहेका छन् । जुन विरोधका कार्यक्रमहरु प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम नसच्चिए सम्म निरन्तर जारी रहने समेत विरोधमा उत्रिएका राजनीतिक दलहरुले उद्घोष गरेका छन् । राजनीतिक दलहरुको उद्घोष हेर्दा अझै विरोधका कार्यक्रम अझै केही समय अगाडि निश्चित देखिन्छ ।

संसद विघटनका विषयमा सिङगो मुलुक दुई धारमा विभाजित भई रहेका बेला विरोधमा उत्रिएका राजनीतिक दलहरु नेपाली काग्रेस र जनता समाजवादीमा समेत दुई धार देखिन थालेको छ । यसरी दुई धार देखिने क्रममा काग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रधानमन्त्रको कदम असंवैधानिक भएपनि निर्वाचन मार्फत संवैधानिक बनाउने ठाउँ रहेको हुँदा निर्वाचनमा जानुको विकल्प नरहेको धारणा व्यक्त गर्न थालेका छन् । त्यस्तै किसिमका आशय जनता समाजवादी भित्र पनि देखिएको छ । यसरी संसद विघटनका विषयमा दलहरु भित्रै फरक–फरक मत सिर्जना हुँदा आम सर्वसाधारणमा अन्यौलमा परेको देखिन्छ । त्यसैले दलहरुले पार्टी भित्र एउटै धारणा बनाउनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s