दमौली ,२९ पुस ।
नेपाली काग्रेसको तरुण विभागद्धारा भानु नगरपालिकाका सागर गन्र्धवलाई पठनपाठनका लागि ५० हजार सहयोग प्रदान गरिएको छ ।

सो सहयोग रकम केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले गन्धर्वलाई हस्तान्तरण गरेका हुन् । परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएका गन्र्धवको पठनपाठनमा सहयोग पुरयाउने हिसाबले रकम हस्तान्तरण गरिएको केन्द्रीय सदस्य भण्डारीले बताए । तरुण विभागले गन्धर्वको कक्षा १० सम्मको पठनपाठनमा सहयोग पुरयाउने हिसाबले सहयोग प्रदान गरिएको केन्द्रीय सदस्य भण्डारीले बताए ।