प्रथम ऋषिङ म्याराथन सम्पन्न त्रिभुवन आर्मी क्लवका रोकायले उपाधि हातपारे

दमौली ,२८ पुस ।
ऋषिङ गाउँपालिकाले आयोजना गरेको प्रथम ऋषिङ म्यारथनको उपाधि जुम्लाको राजन रोकायले हात पारेका छन् ।
रोकायले २ घण्टा ५१ मिनेट २६ सेकेण्डको समयमा निर्धारित ४० किलोमिटर दुरी पार गरेर उपाधि हात पारेका हुन् । प्रतियोगितामा डोटी घर भएका नवराज साउद द्धितिय, सोलुखुम्बु घर भएका सुमुन कुलुङ राईले तृतीय उपाधि हात पारेका छन् । उनीहरुले क्रमसः २ घण्टा ५१ मिनेट ५० सेकेण्ड , ३ घण्टा २ मिनेछ र ३५ सेकेण्ड अवधिमा उपाधि हात पारेका हुन् ।त्यसैगरी कालिकोटका देवराज महताराले सान्तवना उपाधि हात पारेका छन् । खुल्ला तर्फ १ सय २५ खेलाडीहरु सहभागी भएका थिए । प्रथम र द्धितिय उपाधि हात पार्ने धावकहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लवमा आवद्ध छन् ।


यसैगरी स्थानीय पुरुष तर्फको दश किलोमिटर दौड प्रतियोगिता तर्फ ऋषिङ गाउँपालिका–७ का पदम बहादुर आले प्रथम, ऋषिङ–५ का विजय आले द्धितिय, ऋषिङ–५ का भीमबहादुर कुमाल तृतीय र सोही वडाका श्रीराम सिग्देलले सान्तवना स्थान हासिल गरेका थिए ।
त्यस्तै महिला तर्फ ४ किलोमिटर दौड प्रतियोगितामा ऋषिङ–४ कि सीता रानाभाट प्रथम, ऋषिङ–५ की यमुना थापा द्धितिय र सुस्मिता रानाभाट तृतीय र अनिता रानाभाट सान्तवना भएकी थिइन । खुल्ला तर्फ प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश ः रु.६५ हजार,४० हजार र २५ हजार हजार नगद तथा मेडल ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी तीन जनालाई रु.१० हजारका दरले सान्तवना तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी स्थानीय पुरुष तर्फ प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश ः रु १५ हजार ,१० हजार र ५ हजार प्रमाणपत्र प्रदान गरिएको छ ।


। प्रतियोगितामा बिजेता भएकाहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले टीका लगाएर नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य धु्रव वाग्ले ,गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले बोलेका थिए । यस अघि दौडको संविधान सभा सदस्य झुलबहादुर अधिकारीले उद्घाटन गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s