प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसगै यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गईरहेको छ । राजनीतिक अस्थिरता बढ्दै जाँदा हरेक क्षेत्रमा मौकाको फाइदा उठाउने क्रम जारी छ । यसैक्रममा राजनीतिक अस्थिरता बढेसगै बजार भाउमा समेत चलखेल बढ्न थालेको छ । बजार भाउमा चलखेल बढ्ने क्रममा विभिन्न सामानको मूल्य ह्वात्तै बढ्न थालेको छ । जसको ज्वलन्त उदाहरणका रुपमा १ सय ५० रुपैयाँ रहेको भटमासको तेल प्रतिलिटर २ सय रुपैयाँ पुगेको छ । त्यस्तै हरियो केराउ प्रतिकेजी १ सय १५ रुपैयाँबाट १ सय २५ रुपैयाँ, ब्रोइलर मासु प्रतिकेजी ३ सय २० बाट ३ सय ९० रुपैयाँ, अण्डा प्रति क्यारेट २ सय ८०बाट ४ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी निर्माण सामाग्री तर्फ गिटी प्रति टिपर २२ हजार बाट ३० हजार , सिमेन्ट ६ सय ५० बाट ७ सय रुपैयाँ ,डण्डी प्रति केजी ६२ बाट रुपैयाँ पुगेको छ । यि त बजार भाउ बृद्धिका केही उदाहरण । बजारमा विक्रीका लागि राखिएका अधिकांश वस्तुको मूल्य अप्रत्यासित रुपमा बृद्धि भएको छ ।
यसरी अप्रत्यासित रुमपा मूल्य बृद्धि त्यसको प्रत्यक्ष मार भने आम सर्वसाधारणले भोग्नु परेको छ । तर यस विषयमा सरकारको निकाय भने बेखर देखिन्छ । खासगरी अप्रत्यासित रुपमा बृद्धि भएको बस्तुको मूल्यको विषयमा स्थानीय तह र प्रशासनले नियमन गर्नुपर्ने हो ।तर निकायहरु पनि नियमन गर्ने र कार्वाही गर्ने विषयमा मौन देखिएका छन् । जसले मूल्य बृद्धि गर्ने गिरोह उत्साही हुन पुगेको छ । आशा गरौं, यस तर्फ अवश्य पनि सम्बन्धित निकायको ध्यान पुग्नेछ ।
सेतीमादी सम्पादकीय