निर्मल माध्यामिक विद्यालयको प्रशंसनीय काम

शिक्षाको साथसाथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिनु विद्यार्थीलाई आवश्यक छ । नेपाली मौलिक सीपहरु विद्यार्थी मार्पmत हस्तान्तरण गर्न सकियो भने लोपोन्मूख सस्कृतिको संरक्षणमा टेवा पुग्छ । यसै सन्दर्भमा व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयले विद्यार्थीलाई नेपाली रैथाने प्रविधिहरु गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु सिकाउन थालेको छ । विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढंगले प्रयोगात्मक रुपले प्रशिक्षित गराएर उक्त विद्यालयले उहारणीय काम गरेको छ ।
लोपोन्मुख नेपाली परम्परालाई संरक्षण गर्नको लागि परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामिण जीवनयापनको जीवन्त पाटा हुन् यि सीपहरु । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति ।

तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई विर्सदै गएको छ नेपाली समाजले । सरकारको नमूना विद्यालयको रुपमा रहेको निर्मलले ब्रिट्रिस काउन्सिल इन्टर नेशनल स्कुल अर्वाडमा समावेश हुनु खुसीको कुुरा पनि हो । अन्तराष्ट्रिय पुरस्कारमा छनोट परी सकेको यस विद्यालयले यस्ता रचनात्मक काम भविश्यमा पनि गर्नु पर्छ । अवार्ड प्राप्त कार्यक्रम अन्तगर्त विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत सस्कृति संरक्षण तालिम प्रदान गरिनु रचनात्मक काम हो । ब्रिट्रिस काउन्सिल लाईबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा तनहुँको यस विद्यालय छनोटमा पुर्न मात्रै पनि एक उपलब्धी हो । विद्यालयले दुई वर्ष अघि सालको पातको टपरी बनाउने सीप प्रदान गरेको थियो । त्यस कामबाट पनि पनि निर्मले सर्वत्र प्रशंशा कमाएको थियो । पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरणको निर्मल विद्यालयले गरेको यस्तो तरिका अन्य विद्यालयले पनि अनुकरण गर्ने कि ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s