
दमौली ,२७ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कम्युनिष्टहरुले देशलाई बर्बादीतिर धकेलेको बताएका छन् ।
भानु नगरपालिका–६को सिम्पानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई संकटको भूमरी फसाएको बताए ।
जनतालाई परेको समस्या समाधान भन्दा पनि प्रधानन्त्रीले सक्तामा कसरी टिकीरहने र विभिन्न धन्दा चलाएर पैसा कमाएर ध्यान दिएकाले विभिन्न भ्रष्ट्राचारका काण्डहरु छताछुल्ल भएको के.स. भण्डारीले आरोप लगाए ।
समृद्धिको नारा बनाए तर काम उल्टो गरेर देशलाई झन् पछाडी धकेल्ने काम गरे के.स. भण्डारीले भने जनतालाई झुट्टो आवश्वास दिए अहिले जनता भोट दिएकोमा पछुतो मानिरहेका छन् । प्रजातन्त्र र विकासको लागि सिम्पानीको महत्वपूर्व योगदान रहेको के.स. भण्डारीले स्मरण गरे । ‘प्रजातन्त्र प्राप्तीको लागि बिगुल पूmक्ने काम काम यही ठाउँबाट भयो, सिम्पानीको त्याग बलिदानीको सदा सर्बदा विर्सन सकिदैन’ भण्डारीले भने ।
सिम्पानी नेवा खलललद्धारा पार्टी प्रवेश कार्यक्रममा राखिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका तनहुँका कार्यबाहक सभापति जीतप्रकाश आले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला सचिव लक्ष्मी आचार्य, क्षेत्रिय सभापति उदयराज गौली, महासमितिका सदस्यहरु रामचन्द
अधिकारी, समुन्द्र गोदार, आनन्दराज त्रिपाठी, व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, पूर्व जिल्ला उपसभापति ध्रुबलाल प्रधान, लगायतले कम्युनिष्टहरुले देशमा विकास र निकास दिन नसक्ने र जहिल्यै देश संकटमा फसाउने गरेको कुरामा जोड दिएका थिए । कार्यक्रममा सिम्पानीलाई कम्युनिष्ट मुक्त गाउँ घोषणा गरिएको थियो । कार्यक्रममा एक जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
यस अघि कटहरेमा आमा समुहले सक्रियतामा गरिएको पार्टी प्रवेश कार्यक्रममा पनि भण्डारी सहभागी भएका थिए ।
भन्सारको पाटी प्रवेश कार्यक्रममा पनि भण्डारी सहभागी भएका थिए । आईतबारको कार्यक्रममा १७० जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । पाटी प्रवेश गर्नेमा नेकपाका गाउँ कमिटीका नेताहरु मोतीलाल प्रधान, शिवकुमार श्रेष्ठ लगायतका रहेका छन् ।