नर्मल माविमा विद्यार्थीलाई सीप सिकाउँदै

दमौली ,२६ पुस ।
तनहुँको एक विद्यालयले लोपोन्मुख नेपालीका परम्परागत सीपहरु सिकाउने कार्यलाई प्राथमिकता दिएको छ ।
व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयले प्राथमिकता दिएको हो । विद्यालयको यस कार्यको सवत्र प्रशंसा भएको छ । नेपाली सस्कृतिसँग सम्बन्धित, वातावरणीय दृष्टिकोणबाट महत्वपूर्ण गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने हलो जोत्ने सीपहरु शुक्रबारबाट प्रदान गर्न शुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापाक वीरबहादुर बस्नेतले जानकारी दिए । विद्यार्थीहरुले ति सीपहरु रुचीपूर्वक सिकिरहेका छन् । विद्यार्थीहरुलाई तालिम शिक्षकले प्रदान गरेका छन् । त्यस सम्बन्धित सीप भएका शिक्षकहरु विद्यालयमा भएकोले शिक्षकले नै प्रदान गरेको विद्यालयले जनाएको छ । पुराना सिप नयाँ पुस्तालाई सिकाउनको लागि विद्यार्थी उपयुक्त माध्यमहरु संरक्षण गर्न मद्धत पुग्ने भएकाले पुराना कुराहरुको ज्ञान दिन थालिएको विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पन्थले जानकारी दिए ।


नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा यो विद्यालय छनोट परेको विद्यालय हो । यसका साथै इन्टर नेशनल (अन्तराष्ट्रिय) स्कुल अर्वाड प्राप्त विद्यालय हो । अवार्ड प्राप्त कार्यक्रम अन्तगर्त विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत सस्कृति संरक्षण तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक तथा विद्यालयका शिक्षक महेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार ब्रिट्रिस काउन्सिल लाईबेरीले विश्वभर सञ्चालन गरेको कार्यक्रममा यो विद्यालयमा पनि छनोटमा परेकोले विभिन्न सातवटा आयोजनाको काम भईरहेका छन् ।
जस अन्तर्गत सस्कृतिक हस्तान्तरण अन्तर्गत विद्यालयले सीप प्रदान गरेको हो । प्रयोगात्मक अन्तर्गत विद्यालय वरपर पाईने वनस्पती उन्यू र तिनिहरुको प्रयोगमा विभिन्न किसिमका उन्यूहरु प्रदशन भईरहेको छ ।
देश भनेको भूगोल मात्रै हैन सस्कृति पनि होे हाम्रो सस्कृति र परम्परालाई हेलाँ गर्न दिनु हुँदैन भन्ने सन्देश प्रदान गर्न पनि विद्यार्थीलाई तालिम प्रदान गरिएको शिक्षक लोकराज सेढाईले बताए । सामाजिक विषयको शिक्षक कमलभक्त पोख्रेलले किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित चयन गरिएको बताए ।


ग्रामिण क्षेत्रबाट आएका न्यून सङख्याका विद्यार्थीले सीप जानेको भएपनि अधिकांशले नजानेको प्रशिक्षक तथा शिक्षक अभिभावक सङ्घको अध्यक्ष सृजना तिवारीले बताइन् । पुराना कुराहरु सिक्न पाउँदा खुसी लागेको व्यास नगरपालिका–११ घाँसीकुवा, पोल्याङ घर हुनु भएकी कक्षा–९ की छात्रा सुनिता तामाङले बताईन् । एकदमै खुुसी छु सिक्न पनि खासै कठिन लागेन सुनिताले भनिन् । जाँतो चलाउन, मकै भुट्ने जस्ता काम सहज रुपमा गरेपनि गुन्द्री बुन्नको लागि तान बनाउने, परालको मात्रा कति राख्ने, कसरी हत्यासो ठोक्ने जस्ता ज्ञान लिन भने गा¥हो हुने गरेको शिक्षिका कल्पना परियारले बताइन् । मैले घरमै सिकेको सीप विद्यार्थी सिकाईरहेको छु उनिहरुले रुची पूर्वक ध्यान दिईरहेकोले सहज भएको छ’ कल्पनाले भनिन् ।
दुई वर्ष अघि सालको पातको टपरी बनाउने तालिम विद्यार्थीलाई प्रदान गरिएको र बाँसको डोको बुन्ने,भकारी बुन्ने जस्ता सीप पनि भविश्यमा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s