गाउँबासीको मुहार फेरिदै

सदरमुकाम दमौलीबाट दक्षिणी भेगमा पर्ने ऋषिङ गाउँपालिका केही बर्ष अगाडि सम्म विकास निर्माणका हिसाबले जिल्लाको दुर्गम भेगमा पर्ने भूगोल पर्दथ्यो । सदरमुकाम दमौली सगै जोडिएको भएपनि झोलुङगे र मोटर गुड्ने पुल नहुँदा सेती नदी पार गर्नका लागि डुङगाको भर पर्नु पर्दथ्यो । त्यस्तै ग्रामीण भेगमा खाद्यन्न लगायतका अन्य सामाग्री आपूर्ति गर्दा भरिया देखि खच्चडको भर पर्नु पर्दथ्यो ।त्यस्तै गाउँमा कोही बिरामी परयो भने डोकोमा बोकाएर अस्पताल लैजानु पर्दथ्यो । यथार्थताको धरातलमा उभिएर भन्नु पर्दा ५० को दशक सम्म ऋषिङ अवस्था कर्णालीको भन्दा कुनै भिन्न थिएन । तर ५० दशक पछि भने सदरमुकाम दमौलीसंग जोड्ने लगायत सेती नदीका विभिन्न स्थानमा झोलुङगे पुल निर्माण भएपछि सदरमुकाम संग विस्तारै सम्बन्धन गाँसिन पुग्यो ।त्यस्तै सदरमुकाम संग जोड्ने हिसाबले सडक सञ्जाल र पुल निर्माण भएपछि त ऋषिङको विकास निर्माण कार्यले थप गति लिन पुग्यो । जुन क्रम जारी रहेको छ । यसै क्रममा पछिल्लो समयमा ऋषिङमा पक्की सडक निर्माण कार्यले गति लिन थालेको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार १५ किलोमिटर सडक कालोपत्रे भएको छ ।


ऋषिङमा पक्की सडक निर्माणका अलावा खानेपानी, पर्यटन ,कृषिका क्षेत्रमा समेत गति लिन थालेको छ । त्यस्तै अन्य विकासका निर्माणका गतिविधी पनि क्रमसः बढ्दै जान थालेको अनुभूति स्थानीयले गर्न थालेका छन् ।जुन अत्यन्त सकारात्मक छ । खासगरी पछिल्लो समय रोजगारीका लागि गाउँबाट ठूलो संख्यामा सर्वसाधारणहरु शहरी केन्द्रित हुने गरेको पाइन्छ । जुन विषय अत्यन्त स्वभाविक पनि हो । तसर्थ गाउँ घरमा नै रोजगारीको अवसर सिर्जना गर्ने विषयमा ऋषिङ गाउँपालिकाले विशेष ध्यान दिनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s