नेपाली काग्रेसद्धारा विरोध प्रर्दशन

दमौली , २५ पुस । संसद विघटनको विरोधमा नेपाली काग्रेसले शनिबार देशव्यापी रुपमा विरोध प्रर्दशन आयोजना गरयो ।

यसै सिलसिलामा नेपाली काग्रेसले तनहुँमा बाइसजाँगर ,आँबुखैरेनी , दुलेगौडा र घिरिङ देउरालीमा विरोध प्रर्दशन आयोजना गरयो । विरोध प्रर्दशनका काग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । बाइसजागर आयोजित विरोध सभालाई सम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य गोविन्द भट्राईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक कू भएको हुँदा काग्रेस टुलुटुल हेरेर बस्न नसक्ने बताएको थिए । ओलीको कदम नसच्चिएसम्म काग्रेस निरन्तर आन्दोलन होमिने समेत भट्राईको भनाई थियो । वर्तमान सरकार निर्वाचन गर्ने आधार नभएको समेत के.स.भट्राईको भनाई थियो ।

तनहुँ क्षेत्र नं १ अन्र्तगत प्रदेश नम्बरका सभापति काशीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोखरेल, पार्टीका सचिव लक्ष्मी आचार्य , महासमिति सदस्य आनन्नद त्रिपाठी ,महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, प्रदेश सांसद सरिता गुरुङ, नेपाली काग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्ले वाग्ले लगायतले बोलेका थिए । यसैगरी तनहुँ क्षेत्र नं १ अन्र्तगत प्रदेश नं २ को सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले ओली सर्वसत्तावादको विरुद्ध सम्पूर्ण नेपाली जनताले विरोधमा उत्रनुपर्ने बेला आएको बताएका थिए । संविधानमा हुँदै नभएको धारामा टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समेत सभापति न्यौपानेको जिकिर रहेको थिए । संवैधानिक कू का विरुद्धमा इतिहासमा पहिलो पटक पूर्व प्रधानन्यायधीशहरुले विज्ञप्ती जारी गर्नुपर्ने अवस्था सिर्जना भएको समेत सभापति न्यौपानेको भनाई थियो । प्रदेश नं २का सभापति राजेन्द्र पियाँको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव विश्व वास्तोला ,महासमिति सदस्य रामचन्द्र अधिकारी , आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा , जिल्ला कार्य समितिका पूर्व उपसभापति धु्रवलाल प्रधान, आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ, नेका जिल्ला सदस्य चिजा श्रेष्ठ, देवघाट गाउँपालिका सभापति प्रेम गुरुङ, वन्दिपुर गाउँपालिका सभापति कर्ण खत्री , नेका व्यास नगर सह सचिव डम्बर अधिकारी ,दलित संघ तनहुँका उपाध्यक्ष रामकृष्ण सुनार , तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङ ,आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक सभापति अध्यक्ष केशव खनाल सचिव विष्णु पन्थ र रामचन्द्र पण्डित लगायतले बोलेका थिए ।

यसैगरी दुलेगौंडा आयोजित सभालाई केन्द्रीय सदस्य पौडेलले सम्बोधन गर्दै संसद विघटनको कदम अलोकतान्त्रिक कदम भएको बताएका थिए । श्रीराम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय सभापति किसान गुरुङ, प्रवक्ता महेश्वर भट्राई ,महासमिति सदस्य प्राडा कृष्ण गौतम, म्याग्दे गाउँपालिका अध्यक्ष माया राना , पार्टीका जिल्ला सदस्य भक्त श्रेष्ठ लगायतले बोलेका थिए । यसैगरी घिरिङको देउरालीमा आयोजित सभालाई कार्यवाहक सभापति जितप्रकाश आलेले सम्बोधन गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले , क्षेत्रीय सह—सभापति राजेन्द्रकृष्ण श्रेष्ठ र तरुण दल नगर समितिका कार्यवाहक सभापति जीवन चन्द ठकुरी लगायतले बोलेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s