परामर्श अपरिहार्य

पछिल्ला बर्षहरुमा देशका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको छ । जस अनुसार सरकारले विश्वका १ सय ६७ भन्दा बढी मुलुकहरुमा रोजगारीका लागि नेपाली खुला गरेको अवस्था छ । तर संस्थागत रुपमा भने सरकारले १ सय १० वटा मुलुकमा मात्र रोजगारीका लागि खुला गरेको छ । त्यस्तै एक तथ्याङक अनुसार ४५ लाख भन्दा बढी नेपाली नागरिकहरु वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा रहेका छन् । मुलुकको यति ठूलो जनसंख्या वैदेशिक रोजगारीमा गईरहेको अवस्थामा अधिकांश नागरिकहरुको एउटै सपना हुन्छ छोटो अवधिमा ठूलो धनराशी आर्जन गर्ने सोचका साथ वैदेशिक रोजगारीमा हानिनु । तर वैदेशिक रोजगारीमा जाने अधिकांश नागरिकहरु जुन सपना देखेर वैदेशिक रोजगारीमा हानिएका हुन्छन् उनीहरुको सपना स्वदेशको धर्ति छोडे पछि तुहिन पुग्छन् । त्यसको एउटै कारण हो परामर्श बिना वैदेशिक रोजगारीमा जानु । वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई जुन व्यक्ति वा कम्पनीले लगेको हुन्छ उसले राम्रो काम लगाई दिने देखि आर्यआर्जन हुने सपना बाँडेका हुन्छन् । तर जब वैदेशिक रोजगारीका लागि नेपालीहरु पुग्छन् त्यो सबै झुटमा परिणत हुन्छ। अर्थात सोचे अनुरुपको काम र दाम पाउँदैनन । त्यसपछि वैदेशिक रोजगारीमा गएकाहरु काम बस्ने कि फर्र्र्किएर आउने भन्ने दोधार पर्छन ।

तसर्थ वैदेशिक रोजगारीमा जानु पूर्व सबैभन्दा पहिला सोच्नु पर्ने विषय भनेको आफ्नो सीप अनुरुपको काम छ कि छैन भनेर जानकारी लिनुपर्दछ । त्यसपछि काम गरे अनुरुप पारिश्रमिक दिन्छ कि दिदैन भनेर जानकारी लिनुपर्दछ । सो विषयमा जानकारी लिएको खण्डमा वैदेशिक रोजगारीमा जानेहरुले धोका पाउने अवस्था रहँदैन । यसैबीच सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि केही समय यता परामर्श दिने कार्यक्रम सुरुवात गरेको छ । जुन अत्यन्त सकारात्मक छ । त्यसैले वैदेशिक रोजगारीमा जानु अगाडि आम नागरिक समेत सचेत हुनुपर्ने देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s