दिवा खाजा कार्यक्रमका लागि व्यवस्थापन सामाग्री हस्तान्तरण

दमौली ,२३ पुस ।
म्याग्दे गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले व्यवस्थापना सामाग्री अन्र्तगत ग्याँस चुलो, सिलिण्डर, बाल्टी, डेक्ची, कचौरा, डाँडु, पनियो लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ । सो सामाग्री म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले एक समारोहका बीच हस्तान्तरण गरेकी थिइन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष रानाले सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताएकी थिइन् । यसलाई सफल बनाउन विद्यालयहरु समेत आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष रानाको भनाई थियो ।


व्यवस्थापन सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए । सो अवसरमा जानकारी दिए अनुसार म्याग्दे म्याग्दे गाउँपालिका भित्र आधारभूत र माध्यमिक गरी १० वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s