सेतीमादी संवाददाता
दमौली, २२ पुस ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्र्तगत आयोजना कार्यान्वयन इकाई (शिक्षा )तनहुँका सव —इन्जिनियर सुरेन्द्र अधिकारी घुस लिएको आरोपमा प्रकाउ परेका छन् ।

सव—इन्जिनियर अधिकारी बुधबार दिउँसो सदरमुकाम दमौलीको मालपोत लाइन स्थित भिरकोट होटलबाट अख्तियारको नियन्त्रणमा परेका हुन् । सव—इन्जिनियर अधिकारीले घुस लिएको १ लाख ५० हजार समेत बरामद गरिएको अख्तियारको टोली जनाएको छ । उक्त रकम होटलको अगाडि पट्टि सडक पेटीबाट बरामद गरिएको टोलीले जनाएको छ । सव—इन्जिनियर अधिकारीले भानु नगरपालिका मैवल स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय निर्माणका क्रममा घुस लिएको टोलीले जनाएको छ ।
अख्तियारको नियन्त्रणमा परेका सव—इन्जिनियर अधिकारीले भने आफूलाई प्रतिशोध साँधेर फसाईएको दावी गरेका छन् । आफू नेकपा निकट कर्मचारी भएको तर पार्टी विभाजन हुँदा दाहाल —नेपाल पक्षमा लागेको भन्दै ओली निकटले नियोजित रुपमा फसाएको आरोप लगाएका थिए । आफूलाई जवरजस्ती ढंगले पैसा थमाएको भएपनि आफूले नलिने भन्दै फ्याकि दिएको सव—इन्जिनियर अधिकारीको भनाई थियो ।