सरकार विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा राजनीतिक दलका प्रतिनिधिहरुको जोड

दमौली २२ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ दाहाल–नेपाल समुहले मंगलबार ‘प्रतिनिधी सभा विघटनको विरुद्ध राजनैतिक दलहरुबीच अन्तरक्रिया’ कार्यक्रम गरेको छ ।
सो समुहले जिल्ला स्थित नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, वैद्य समुहको नेकपा क्रन्तिकारी, नेकपा माले पार्टीका नेताहरुबीच बुधबार अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रधानमन्त्री केपी ओलीले असवैधानिक तरिकाबाट सदनको विघटन गरेको हुँदा त्यसका विरुद्ध सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पिएल श्रेष्ठले प्रधानमन्त्रीले संविधानको कू र प्रतिगामी कदम चालेकोले आन्दोलन संसद पुर्नस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । ‘यो समय संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जोगाउने प्रमुख बेला हो सबै पार्टी एक जुट भएर आन्दोलनलाई सशक्त बनाउनुपर्छ’ उनले भने ।


कार्यक्रममा नेपाली काँग्रेस तनहुँका कार्यबाहक सभापति जीतप्रकाश आलेले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको पार्टीले ठहर गरेको उल्लेख गर्दै विपक्षमा आम जनता रहेको बताए । जनताहरु फेरी एक पटक जागेर कदमको विरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको आलेको भनाई थियो । असंवैधानिक कदम विरुद्ध काँग्रेस एक्लैले संघर्ष गर्ने या सयुक्त रुपमा संघर्ष गर्ने भन्ने पार्टीले निर्णय नगरेकाले जानकारी दिँदै आलेले एकले अर्कोको विरोध कार्यक्रममा नैतिक समर्थन दिनु पर्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार कृष्ण घिमिरेले सामुहिक नारा र कार्यक्रम गरेर आन्दोलनको आँधीवेरी ल्याउनु आवश्यक रहेको बताए । जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र थापाले केपीले शुरुवाती देखि नै ताना शाह चरित्र देखाएको बताए । सस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट अपमान किसिमले गिरफ्तार गर्न लगाएर प्रधानमन्त्रीले आफ्नो चरित्र शुरुवातीमै देखाएको बताए । पार्टीले प्रधानमन्त्रीका कमी कमजोर बेलैमा सञ्चाउन दबाब दिन नसक्दा यो दुर्घटना भएको थापाले बताए ।


कार्यक्रमम नेकपा जिल्ला कमिटीका सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा भएको थियो । अन्तरक्रिया कार्यक्रमा नेकपा गण्डकी प्रदेशका सदस्य शंकरनारायण श्रेष्ठ, नेपाली कांग्रेसका सचिव विश्व वास्तोला, सदस्यहरु अशोककुमार श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, नेकपा तनहुँका उपसचिव विष्णुभक्त सिग्देल, व्यासनगर सभापति श्रीराम कार्की, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठ, नेकपा क्रान्तिकारीका जिल्ला अध्यक्ष दिनेश सुवेदी, नेकपा मालेका कार्यवाहक सचिव नरबहादुर रानाभाट लगायतले बोलेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s