वैदेशिक रोजगारमा जानेले अनिवार्य परामर्श लिनु पर्ने

दमौली ,२२ पुस ।
वैदेशिक रोजगारीको क्रममा नेपालीहरु ठगीमा पर्ने, झुट्टो आश्वसन, कबुल गरे भन्दा फरक काम तथा सेवा सुविधामा चित्त बुझाउनु पर्ने जस्ता समस्या कम गर्न परामर्श दिन थालिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन वैदेशिक रोजगारमा जानेले अनिवार्य रुपमा वैदेशिक रोजगार परामर्श लिनु पर्ने व्यवस्था गरेको हो ।
परामर्शको लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । कामदार भर्ना, रोजगारीको अवस्था र स्वदेश फिर्तीका अवस्थामा कामदारले जोखिम बहन गर्नु परेकोले त्यसबारे परामर्श प्रदान गर्ने गरिएको हो । कामदारले बढी रकम तिर्नु पर्ने, कामको सम्झौता, शर्तहरुमा छलछाम, न्यून तलब तथा सुविधा, पर्याप्त औषधी उपचारको व्यवस्था नहुनु, शोषण तथा बाध्यकारी श्रम गर्नु पर्ने जस्ता जोखिम रहेकोले पार्सपोर्ट बनाउन आउँदा र लिन आउँदा अनिवार्य परामर्श लिनु पर्ने प्रावधान राखिएको प्रशासनले जनाएको छ ।


उक्त कक्षमा परामर्श लिए पछि मात्रै प्रशासनले पार्सपोर्ट दिने गरेकोे छ । परामर्शको लागि आप्रवासी श्रोत केन्द्र दमौली, तनहुँले मद्धत गरेको छ । सीप सिकेर विदेश जान उपयुक्त हुने, आपूmले गर्न सक्ने र जान्ने कामका वारेमा जानकारी दिनुपर्ने जस्ता विषयमा परामर्शमा दिने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । यसैगरी पाउने तलव, स्वास्थ्य सुविधा आदिका वारेमा राम्ररी बुझेर जानपर्छ, भन्ने लगायतको ज्ञान दिन परामर्शबाट प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।
‘कति खर्च लाग्छ, ठगिएको छ कि छैन र आम्दानी कति प्राप्त हुन्छ भन्ने कुरामा वैदेशिक रोजगारीमा जानेले थाहा पाउनु पर्छ, सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने त्यो खर्च नेपालमै गर्दा त्यो भन्दा धेरै कमाउने पो कमाउन सकिन्छ कि भन्ने ध्यान आकृष्ट गर्न परामर्श दिन थालिएको हो’ । एक महिना अघि छुट्टै कक्ष मार्पmत परामर्श दिन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वैदेशिक रोजगारमा जाने सम्भावित कामदार र तिनका परिवारजनलाई परामर्श दिने गरिएको आप्रवासी श्रोत केन्द्र दमौली, तनहुँकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । दैनिक ३० देखि ३५ जना पासपोर्ट लिन आउने गरेका र तिनका परिवारजनलाई परामर्श दिने गरिएको तिवारी बताउछिन् । ति मध्ये वैदेशिक रोजगारमा जान चाहने दैनिक ५ देखि ७ जना महिलाहरु परामर्श दिने गरिएको छ । सीप सिकेर जाँदा उनिहरुले तलब धेरै पाउने सम्भावना हुने साथै सीप सिक्न चाहनेलाई निशुल्क खाने र बस्ने सुविधा सहित तालिम प्रदान गर्न समन्वय गरिएको तिवारीले बताइन् । विदेश जानेले महिनाको ६०÷७० हजार कमाउछौं भन्ने सोच्छन्, तर हातमा के सीप छ ध्यान दिँदैनन् त्यसैले परामर्श दिनु जरुरी देखिएको छ’ तिवारीले भनिन् । तिवारीका अनुसार १९ वर्ष देखि ३५ वर्ष सम्मका युवाहरुलाई काठमाडौंमा निशुल्क तालिमको व्यवस्था गरिएको छ । महिलाको लागि गार्मेन्ट मेशिन अपरेटर र विद्युतीय सिलाई मेशिनको तालिमको व्यवस्था गरिएको छ । पुरुषको लागि फर्मा लगाउने, स्काफोल्डीङ्ग (फलामको पाइपको खट बनाउने काम), इण्डस्ट्रियल इलेक्ट्रिकल, प्लबिङ तालिमको व्यवस्था गरिएको छ । यि कामको धेरै माग आउने भएकोले तालिमको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।


केन्द्रका अुनसार प्राविधिक सहयोग हेल्भेटास नेपालले गरेको छ । राजनैतिक माहोल ठिक छैन, भ्रष्ट्राचार रोक्न सकिएको छैन शुक्लागण्डकी नगरपालिका–६ का अजय सुनारले भने, जागिर खान सोर्सफोर्स लगाउने मान्छे छैनन् एक पटक दुबई गएर आएको फेरी जाने सोचाई बनाएको छु’ । असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाईदिने उत्पादित बस्तुको बजारको सुनिश्चित नहनुे जस्ता समस्या भएकोले विदेश जान चाहेको सुनारले बताए । मान्छे योग्य छ कि छैन, अनुदानको लागि मात्रै कृषि गरेको हो कि हैन भन्ने कुरा गहन रुपमा लिन नसकेकोले अनुदानको सही सदुपयोग हुनु नसकेको उनको धारणा छ । व्यक्तिको रुची र चाहाना अनुसारको सीप दिने र अनुदान पारदर्शी ढङ्गले दिने हो भने युवाहरलाई रोजगारको लागि विदेश जान नपर्ने सुनार बताउँछन्
कक्षा १२ को परीक्षा दिएर बसेका शुक्लागण्डकी नगरपालिका १२ फिरफिरेका अन्जनकुमार सुनारले परामर्शबाट होशियारी बन्ने तरिकाहरु थाहा पाएको बताए । ‘यस्ता परामर्शलाई ठगिनबाट जोगिन र जोखिम कम हुन मद्धत पु¥याउँछ’ सुनारले भनिन् । व्यास नगरपालिका–११ तनहुँसुरकी सुस्मा गोतामे जापानमा अध्ययन तथा पैसा दुवै कमाउने सोचले पार्सपोर्ट बनाउन आएको जानकारी दिइन् । ‘आफ्नो देश छोडेर जाने काम सजिलो छैन नबुझी जाँदा धेरै दुःख पाईन्छ परामर्शबाट सुरक्षित बैदेशिक रोजगारीको लागि महत्वपूर्ण जानकारी प्राप्त भयो’ सुस्माले भनिन् । वैदेशिक रोजगारमा जान चाहनेले विदेशमा होटलमा पनि कामदारको माग धेरै हुने भएकोले त्यस्तो सीपको माग धेरै आएको केन्द्रले जनाएको छ ।


सीप तालिमबारे जानकारी
केन्द्रले सीप तालिमको बारेमा पराशर्म दिने गर्छ । वैदेशिक रोजगार लाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धीमूलक एंव शोषण रहित बनाउन बनाउन सुरक्षित आप्रवासन परियोजनाना(सामी) नेपाल सरकार र स्वीस सरकारको द्धिपपक्षीय सम्झौता अन्तर्गत सञ्चालित रहेको तनहुँ केन्द्रकी कार्यक्रम अधिकृत लुना रानाले जानकारी दिइन् ।
सीप सिकेर विदेश जाँदा तबल बढी हुने, जाने लागत कम हुने साथै सुरक्षित काम गर्ने अवसरमा पनि प्राप्त हुन्छ भन्ने कुरा चेतना पैmलाउने गरिएको छ । ‘काम सिकेर मात्रै बैदेशिक रोजगारीमा जाँदा सम्मान पाउन सकिन्छ त्यसैले सीप सिकेर मात्रै बैदेशिक रोजगारीमा जानुपर्छ’ केन्द्रका परामर्शदाता शैलेस मिश्र भने ।
श्रम स्वीकृति बारे जानकारी
यसैगरी केन्द्रले विदेशमा काम गर्न जानको लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति अनिवार्य लिनु पर्ने बारे जानकारी दिने गरेको छ । विस्कृति नलिई गएमा समस्या परेमा उद्धार गर्न कठिनाइ हुनका साथै नेपाल सरकारबाट पाउने आर्थिक सहायता प्राप्त गर्न सकिदैन ।
श्रम स्वीकृति लिँदा अभिमूखिकरण तालिम, जीवन बीमा, र स्वास्थ्य परीक्षण हुने हुँदा बैदेशिक रोजगारमा बढी सुरक्षित भइने बारे जानकारी दिईने गरिएको छ । आपूm गएको देशमा करारमा अवधी भन्दा बढी समय बस्ने हो भने पुनः श्रम स्वीकृत अनिवार्य लिनु पर्ने बारे जानकारी दिईन्छ । यस्तै पैसा धेरै कमाउने लालचामा बढी ओभर टाइम काम गर्नु हुँदैन । यस्तो गर्न सके हार्ट अट्याक्ट तथा आकस्मित दुर्घटनाबाट बच्न सकिन्छ ।
बिदेशमा बाटो काट्ने तरिका, खाडी मुलुकमा गाँजा, भाङ्ग, जाँड, रक्सि, खैनी जस्ता बोक्न, बिक्री गर्न पाईदैन, त्यस्ता चिजहरु खाएको बोकेको पाईएमा ठूलो जरिवाना र जेल सजाँए हुने बारेमा जानकारी दिने गरिएको छ ।


थाहा पाउनु पर्ने कानुनी प्रावधानहरु
यसै गरी वैदेशिक रोजगारका क्रममा थाहा पाउनु पर्ने कानुनी प्रावधानबारे जानकारी दिन गरिएको छ । बिदेश पुगेपछि मेडिकल जाँच गर्दा फेल भई नेपाल फर्कनु परेमा नेपाल आएको ९० दिन भित्र क्षतिपूर्तिको लागि बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्छ । विदेशमा गरेका मेडिकल रिपोर्ट र आपूmसँग विदेश जाँदाको सबै कागजपत्रहरु पेश गर्ने बारेमा जानकारी दिने गरिएको छ । यसरी उजुरी गर्दा बैदेशिक रोजगार कल्याण कोष र बिमा कम्पनीबाट आर्थिक सहयोग लिन सजिलो हुन्छ । बिदेश गएपछि कम्पनी, काम, तलब, व अन्य सेवा सुविधा फरक परेमा नेपाल फर्किएको मितिले एक वर्ष भित्र उजुरी गर्नुपर्ने र त्यसका लागि आपूmसँग भएका सबै कागजपत्रहरु सुरक्षित राख्नु पर्छ ।


साथमा राख्नु पर्ने कागजपत्रहरु बारे जानकारी
यसै गरी साथमा के÷के कुराहरु राख्नु पर्छ भन्ने बारेमा सचेत पार्ने गरिएको छ । परिवार र आफ्नो साथमा राख्नु पर्ने कागजपत्रहरु राहदानी, भिषा, स्वास्थ्य परीक्षण, अभिमूखीकरण प्रमाणपत्र, रकम बुझाएको भरपाई÷रसिद, करारपत्र र श्रम स्विकृतिपत्र हुनु पर्नेबारे जानकारी दिने गरिएको छ ।
सुरक्षित बैदेशिक रोजगारको लागि आप्रवासी श्रोत केन्द्रले आवश्यक सूचना तथा परामर्श सेवा निशुल्क उपलब्ध गराउने गरेको छ । कामदारको लागि सहयोगी निकायहरुको सम्पर्क जानकारी उपलब्ध गराउने, ठगि मुद्धाको कानुनी उपचारको लागि सम्बन्धित निकायमा पहुँच बढाउन सहयोग गर्ने, निशुल्क सीप तालिम लिन अभिप्रेरित गर्ने र सो तालिमको लागि सिफारिस गर्ने जस्ता कार्यहरु केन्द्रले गर्दै आएको छ ।

One thought on “वैदेशिक रोजगारमा जानेले अनिवार्य परामर्श लिनु पर्ने

  1. I salute this social welfare.people must be aware of bad agents.I’m one of an orientation teacher since 2067Bs,from Tanahun,vyas-6.If any help for anyside plz welcome.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s