प्रधानमन्त्री ओलीले नेकपाको निधारमा कालो टीका लगाउने काम गरे– मन्त्री चुमन

दमौली ,२० पुस ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेर नेकपाको निधारमा कालो टीका लगाउने काम गरेको बताएका छन् ।
नेकपा व्यास नगर कमिटी तनहुँले दमौलीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चुमानले सो कुरा बताएका हुन् । सदन विघटन भएको समय कालो दिन भएको उल्लेख गर्दै मन्त्री चुमनले समृद्धिको लागि भनि चुनावमा गरिएको एकता ओलीको सत्ता लिप्सले संकटमा पार्ने काम भएको बताए ।
विघटित संसद पुनःस्थापना भएर पार्टी एकता हुन सके मात्रै निधारमा लागेको कालो दाग हटाउन सकिने मन्त्री चुमनको भनाई थियो ।


पार्टी फुट्ने अवस्था आउन लागेकोले बाहिर आलोचना भएको उल्लेख गर्दै मन्त्री चुमनले एकले अर्कोलाई दोष लगाउने भन्दा बीचको बाटो अबलम्बन गरेको भए समस्या नहुने बताए । पार्टी फुटाउनु भनेको घरमा आगो लगाएर वनवास बसे जस्तो हुने उनको भनाई थियो । केन्द्रीय नेताबीचको झगडा जिल्ला तहमा पुग्न दिन नहुने उनले बताए । ‘दुवै पक्ष नेकपाले आलो पालो कार्यक्रम गरे हुन्छ एकले अर्कोलाई बिथोल्ने तिर लाग्नु हुँदैन’ मन्त्री चुमनले भने ।


कम्युनिष्टहरुबीचको फुटबाट जनता दिक्दार भएकोले पार्टी एकता भएको र फेरी फुटेर जनतालाई दुःखी बनाउने काम प्रधानमन्त्रीबाट भएको उनले बताए । साथै मन्त्री चुमनले नेताबीचको तिक्तताले गण्डकी प्रदेश सरकार नढल्ने बताए । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश नुहुने र मुख्यमन्त्रीले पनि संसद भङ्ग गर्ने वा मन्त्री परिवर्तन गर्ने अवस्था नआउने मन्त्री चुमनले बताए । ‘मुख्यमन्त्रीको गोजीमा संसद विघटनको कागज र मेरो गोजीमा अविश्वासको प्रस्ताव राखेर हिड्ने अवस्था आउनु हुँदैन,त्यस्तो हुँदैन पार्टी एकताकै लागि दबाब दिईनु पर्छ’ मन्त्री चुमनले भने । कार्यक्रममा पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला, नेकपा केन्द्रीय सदस्य पिएल श्रेष्ठ, विघटित प्रतिनिधी सभास सदस्य कलिला खान, नेकपा गण्डकी प्रदेश सदस्य शंकरनारायण, श्रेष्ठ, व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की लगायतले फुटेको अवस्थामा बहुसङ्ख्य केन्द्रीय सदस्य जता छ त्यति नै आधिकारिक पार्टी हुने भएकोले दाहाल–नेपाल पक्षको पार्टी नै आधिकारीकता हुने दाबी गरे ।

कुर्ची कब्जामा !
यसैबीच दाहाल—नेपाल पक्षधरको नेकपाको नगर कमिटिले आयोजना गरेको व्यास नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमको विषयलाई लिएर दाहाल दुई पक्षबीच मतभेद उत्पन्न हुन पुगेको थियो ।
मतभेद उत्पन्न हुने क्रममा ओली पक्षले पार्टी कार्यालयमा कार्यक्रम आयोजना गर्न नदिने रणनीति अपनाएको थियो भने दाहाल—नेपाल पक्ष कुनै पनि हालतमा कार्यक्रम आयोजना गर्ने पक्षमा थियो । जसले गर्दा झडपको स्थिती समेत सिर्जना हुने सम्भावना देखिएको थियो । तर दुबै पक्ष सम्वेदनशील भएका कारण झडपको अवस्था सिर्जना हुन पाएन ।
यद्यपी ओली पक्षले हलमा भएको कुर्ची कब्जामा लिएर राखि दिदाँ दाहाल—नेपाल पक्षले बाहिरबाट कुर्ची ल्याएर कार्यक्रम आयोजना गर्नुपरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s