घर आँगनमा नै आम्दानीको स्रोत

कोरोनाले यतिबेला सिङगो सिङगो विश्वको अर्थतन्त्र धराशयी भएको छ । लाखौं मानिसहरुले रोजगारीबाट हात धुनु परेको अवस्था छ । यस्तो अवस्थामा आम्दानीको स्रोत पत्ता लगाउने निकै चुनौतीको विषय मानिन्छ । तर तनहुँको म्याग्दे गाउँपालिकाका स्थानीय वासिन्दाहरु भने सुन्तलाको विक्री वितरण लाखौंको आम्दानी गर्दै आई रहेका छन् । सरकारी तथ्याङक अनुसार उमाचोकका गाउँबाट यस आर्थिक बर्षमा मात्र दुई करोड भन्दा बढीको सुन्तला विक्री भएको छ । जुन खेतीमा त्यस क्षेत्रका २ सय ३५ घरपरिवार आवद्ध हुँदै आईरहेका छन् । यसरी आवद्ध भएका मध्ये किसानहरुले हरेक बर्ष रु. ५ लाख देखि ६० लाख सम्म आम्दानी गर्ने गरेका छन् । दैनिक सयौंको संख्यामा युवाहरु रोजगारीका लागि विदेशिने क्रम जारी रहेको बेला आफ्नै गाउँमा सुन्तला विक्रीबाट यतिधेरै आय आर्जन हुनु अत्यन्त सकारात्मक पक्ष हो । तसर्थ यस किसिमका कार्यलाई प्रोत्साहन गर्ने विषयमा राज्यको ध्यान पुग्नु जरुरी छ ।

उमाचोक त एउटा नमूना गाउँ हो । तनहुँमा सुन्तला उत्पादन हुने अन्य गाउँहरु पनि छन् । ति गाउँहरुमा उत्पादन हुने सुन्तलाको विक्री वितरणका लागि समेत सरकारी निकायले पहल कदमी चाल्न सकेको खण्डमा कृषकहरु त्यस तर्फ थप आकर्षित हुनेछन् । सुन्तला खेती मात्र नभई अन्य कृषि उत्पादनका हिसाबमा समेत तनहुँ निकै सम्भावना बोकेको क्षेत्र हो । कृषकहरुले जति पनि कृषिजन्य उत्पादनहरु उत्पादन गरेका छन् । ति उत्पादनलाई स्वदेश भित्र मात्र नभई विदेशमा विक्री वितरण गर्ने व्यवस्था मिलाउने विषयमा राज्यको विषेश ध्यान पुग्नु पर्दछ ।
सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s