बालिका फेला परेपछि परिवारजनमा खुसी

दमौली ,१६ पुस ।
एक साता अघि देखि हराई रहेकी तनहुँको व्यास नगरपालिका–१ भादगाउँकी तीन बर्षीय बालिका फेला परे पछि परिवारजन खुसी भएका छन् ।
पुस ६ गते देखि हराएकी ति बालिका फेला परेपछि खुसी छाएको हो । हराएकी बालिका दास्रो विवाह गरेकी आमाले लगेको रहस्य खुलेको छ । गत मंसिर २८ गते बालिकालाई घरमै छोडेर आमा दोस्रो विवाह गरेर गएकी थिइन् । बालिका भने पुस ५ गते हराएकी थिईन् । ति महिला हराए पछि देवर जीवन थापाले भाउजू हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । एक साता अघि बालिकामा पनि हराए पछि प्रहरीलाई खबर गरिएको थियो ।


श्रीमान् वैदेशिक रोजगारको क्रममा साउदीमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा परपुरुष सँग भागेकी थिईन् । बालिका हराएपछि परिवारजन चिन्तामा परेका थिए । श्रीमान प्रदेश भएको मौका छोपी परपुरुषसँँग लागेपछि तीन बर्षीय छोरी समेत बेखबर भएकीमा प्रहरीको सक्रियतमा फेला पारिएको हो । ती महिला परपुरुषसंग गएको भन्ने जानकारी पाएपनि बालिकाको अवस्था थाहा पाउन नसकिएकोले बालिकालाई कसले लग्यो भनेर खोजी कार्यलाई तीब्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।


लामो प्रयास पछि पोखरा हेम्जाका एक पुरुषसंग ती महिला गएको र बालिकालाई त्यही घरमा लागिएको शंका गरी प्रहरीले खोजतलासी गर्ने क्रममा बालिकालाई सोमबार फेला पारिएको थियो । भोलि पल्ट प्रहरी पठाउँदा पनि भेटाउन नसकिएको उनले बताए । उक्त स्थानमा फेरी अर्को पटक जाँदा प्रहरी जाँदा उनीहरु अन्यत्रै गैसकेकोले फेला पार्न गाह्रो भएको डिएसपी तिमिल्सिनाले बताए । ‘ती बालिकालाई पनि उनीहरुले संगै लगेको हुन सक्ने अनुमान गरेका थियौं उनले भने ‘प्रहरीको अनुमान मेल खान पुग्यो, बालिका भेटिइन् ’ डिएसी तिमिल्सिनाले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s