
दमौली , १४ पुस । साविक छाङ गाविस नेपाली काग्रेसका कोषाध्यक्ष एवं काग्रेसका क्रियासिल सदस्य ओमबहादुर थापाप्रति काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
स्व. थापाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई के.स.भण्डारीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस्तै आमन्त्रित के.स.धुव्र वाग्ले र पार्टीका जिल्ला स्तरीय नेताहरुले समेत थापाको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।यसैगरी के.स.भण्डारीले आजै आँबुखैरेनी र बानियाँटारमा निधन भएका पार्टीका कार्यकर्ताका परिवारजनलाई भेट गरी हार्दिक समवेदना व्यक्त गरेका थिए ।