पूर्वमन्त्री भण्डारीले प्रजिअ आचार्यलाई भने–‘भानुभक्त प्राणी उद्यानको मुआब्जाका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस’

दमौली ,१४ पुस । पूर्वमन्त्री शंकर भण्डारीले तनहुँ प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भानुभक्त प्राणी उद्यानको मुआब्जाका लागि तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

भानुभक्त प्राणी उद्यानको मुआब्जाको विषयमा ढिलासुस्ती भईरहेको व्यापक जनगुनासो आए सगै गृह जिल्ला आएका पूर्वमन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई सो निर्देशन दिएका हुन् । तपाईको तर्फबाट गर्नुपर्ने काम गरेर पठाउनुस काठमाण्डौैं गएर गर्नुपर्ने काम म गर्छु काग्रेस सदस्य समेत रहेका पूर्वमन्त्री भण्डारीले प्रजिअ आचार्यलाई भने । केन्द्रबाट मुआब्जाका लागि रकम नछुट्याईदा मुआब्जा वितरण सम्बन्धी निर्णय गर्न ढिलाई भईरहेको प्रजिअ आचार्यले बताएका थिए । आवश्यक प्रक्रियाका लागि आफूले कुनै कसर बाँकी नराख्ने समेत प्रजिअ आचार्यको भनाई थियो । यसैबीच काठमाण्डौं फर्किए लगत्तै भानुभक्त प्राणी उद्यानको मुआब्जाको विषयलाई वनमन्त्री संग भेट्ने समेत पूर्वमन्त्री भण्डारीले बताएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s