
दमौली , १४ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षधरद्धारा आज दमौलीमा विरोध प्रर्दशन गरेको छ ।

दाहाल–नेपाल पक्षधरद्धारा नेकपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन बजारका विभिन्न परिक्रमा गरी दमौलीको खेल खुल्लाचौरमा सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै दाहाल –नेपाल खेमाका केन्द्रीय सदस्य पीएल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको कदम संवैधानिक कू भएको समेत के.स. श्रेष्ठको भनाई थियो । प्रधानमन्त्री ओलीले चालेको कदम नसच्चिए सम्म आन्दोलन जारी राख्ने समेत के.स. श्रेष्ठको भनाई थियो ।

विरोध सभालाई पार्टीका नेताहरु हेमराज लामिछान,े शंकर नारायण श्रेष्ठ, विघटित प्रतिनिधी सभा सदस्य कलिला खान ,रेखा बस्याल ,विष्णुभक्त सिग्देल लगायतले बोलेका थिए । वक्ताहरुले प्रधानमन्त्री ओलीको कदम चर्को आलोचना गरेका थिए ।
