दमौली र भिमादमा कांग्रेसको विरोध प्रर्दशन वरिष्ठ नेता पौडेल र के.स. भण्डारीद्धारा सम्बोधन

दमौली ,१४ पुस ।
संसद विघटनको विरोधमा नेपाली काग्रेसले सोमबार देशव्यापी रुपमा विरोध प्रर्दशन गरेको छ ।
देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने क्रममा काग्रेसले तनहुँको क्षेत्र नं १ अन्र्तगत सदरमुकाम दमौली र क्षेत्र नं २ अन्र्तगत भिमाद विरोध प्रर्दशन आयोजना गरेको छ । तनहुँका दुुबै स्थानमा आयोजित विरोध सभालाई काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य शंकर भण्डारी सहित अन्य केन्द्रीय नेताहरु र जिल्ला नेताहरुले सम्बोधन गरेका थिए । यसै सिलसिलामा दमौली र भिमादमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्माले संविधान विपरित संसद विघटन गरेको हुँदा संसद पुनःस्थापना विकल्प नरहेको बताएका थिए । साथै वरिष्ठ नेता पौडेलले संसद पुनःस्थापना नभएसम्म विरोध प्रर्दशन जारी रहने समेत बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेको ठहर समेत वरिष्ठ नेता पौडेलको रहेको थियो ।


गैर संवैधानिक तवरबाट गरिएको संसद विघटन लोकतन्त्र पनि विघटन गर्ने नियतले गरिएको वरिष्ठ नेता पौडेलको भनाई रहेको थियो । प्रधानमन्त्री चुनाव गर्ने पक्षमा छैनन् सर्वसत्तावादको लागि चालिएकोले सडकमा आउनु पर्ने बाध्यता रहेको बताए । चुनाव देखि डराएर काँग्रेस भागेको हैन नेता पौडेलले भने संसद विघट गर्ने असंवैधानिक कदमले जनताको त्याग बलिदानीबाट ल्याईएको अधिकारलाई निलम्बन भएर देशलाई भुमरीमा फस्ने अवस्था आएको छ । देश संकटको भूमरीमा फसेकोले संसद विघटनलाई अदालतले रोकेर देश बचाउने काम गर्नु पर्ने वरिष्ठ नेता पौडेलको भनाई थियो । संसद विघटन हुने वित्तिकै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने अधिकार भएकोले रोक्नको लागि आग्रह गरेको वरिष्ठ नेता पौडेलको भनाई थियो ।


त्यस्तै सदरमुकाम दमौली र भिमादमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संसद विघटनको विषयमा काग्रेस ठोस निर्णय केन्द्रीय कार्य समितिको बैठक पछि गर्ने बताएका थिए । संसद पुनःस्थापना र निर्वाचन हुने सम्भावना कम रहेको हुँदा काग्रेसले विशेष सर्तक हुनुपर्ने अवस्था रहेको के.स.भण्डारीको भनाई थियो । यद्यपी विरोध प्रर्दशन संगसगै काग्रेसका कार्यकर्तालाई चुनावको तयारीमा जुट्नुलाई समेत निर्देशन दिएका थिए ।


कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेकपा भित्र प्रधानमन्त्री र पार्टीको सभापतिको बन्ने भन्ने झगडाले गर्दा पाटी विभाजन हुने अवस्थाको सृजना भएको बताए । ‘कम्युनिष्टलाई देशको भन्दा पदको चिन्ता छ त्यसले गर्दा यस्तो अवस्था आयो’ भट्टराईले भने । कार्यक्रम क्षेत्र नम्बर १ का सभापति उदयराज गौलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा काँग्रेस तनहँुका सभापति वैकुण्ठ न्यौपाने, संविधान सभाका सदस्य रामचन्द्र पोख्रेल, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, नेका नगर सभापति शान्तिरमण वाग्ले, महासमितिका सदस्यहरु रामचन्द्र अधिकारी, नेविसंघका महामन्त्री दीपक भट्टराई, पूर्वमहामन्त्री आनन्दराज त्रिपाठी, नेका जिल्ला कार्य समितिका सहसचिव केशबहादुर सुनार, सदस्य पवित्रा पौडेल, नेताहरु रफिक मिया, तुलसीराम सापकोटा, काशीराम श्रेष्ठले बोलेका थिए ।


यसैगरी भिमादको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री ओली अह्मकारी, घमण्डी र सत्तालिप्सा लागेकोले संसद विघटन गरेको बताए । चुनावको मिति घोषण तत्कालको लागि नाटक रचिएको हुन सक्ने र संकटकाल लगाएर सत्ता लम्बाउने खेलमा लागेको आरोप उनले लगाए । कार्यक्रमा संविधान सभा सदस्य धु्रव वाग्लेले केपीलाई पाँच वर्ष सरकार चलाउन काँग्रेसले अप्ठ्रो नपारेको पार्टीको आन्तरिक झगडाले गर्दा विघटन गनेर बताए । ‘हामीले कहिल्यै अप्ठ्रो पारेनौं मुलुकलाई खेल मैदान बनाए प्रधानमन्त्री स्वेच्छचारी बनेर संसद विघटन गर्ने असंवैधानिक कदम चाले’ वाग्लेको भनाई थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीको केन्द्रीय कमिटीमा बहुमत गुमाउने, सदनमा पनि बहुमत गुमाएपछि सत्ता लम्बाउन विघटनको खेल गरिएको वाग्लेले बताए । केपीले मनपरी तरिकाबाट केन्द्रीय सदस्य थपिरहेको र त्यसमा सामेल भएर आफ्नो इज्यतलाई स्वाभिमान नबेच्न तनहुँका कम्युनिष्ट नेतालाई वाग्लेले आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका कार्यबाहक सभापति जीतप्रकाश आले, काँग्रेसका नेताहरु प्रा.डा.कृष्णप्रसाद गौतम, झुलबहादुर आले, महेश्वर भट्टराई, किसान गुरुङ, राजेन्द्रकृष्ण श्रेष्ठ लगायतकाले गाउँगाउँमा पुगेर कम्युनिष्ठ सरकारको प्रतिगमन, भष्ट्राचारका विरुद्ध भण्डाफोर गर्न लाग्नु पर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s