
दमौली ,१३ पुस ।
तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । महासंघको प्रदेश अध्यक्षमा कास्कीका सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् ।