विरोध प्रर्दशनमा प्रमुख प्रतिपक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा नेपाली काग्रेसले आज देशव्यापी रुपमा विरोध प्रर्दशन गरेको छ ।यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधव नेपाल खेमाले विरोध प्रर्दशन गरेको छ । दाहाल–नेपाल खेमाले त विरोध प्रर्दशनलाई आन्दोलनमा परिणत गर्ने घोषणा गरेको छ । यद्यपी काग्रेसले भने आन्दोलन नभई विरोध प्रर्दशन मात्र जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीको कदमका विषयमा राजनीतिक वृतमा यतिबेला निकै टिकाटिप्पणी भईरहेको छ । एकथरीले ओलीको कदम संवैधानिक कू भएको भनि टिप्पणी गरेका छन् भने अर्काथरीले भने प्रधानमन्त्रीले काम गर्ने वातावरण नभएपछि ताजा जनादेशमा जानु स्वभाविक विषय भएको तर्क अगाडि सारेका छन् । आखिर जे जसो टिकाटिप्पणी भएपनि संसद विघटन हुँदै गर्दा संवैधानिक कू भएको निष्कर्ष चारैतिरबाट गरिएको छ । त्यतिमात्र होइन संसद विघटन भएसगै यस अगाडिका सरकार स्वतः काम चलाउ सरकारका रुपमा परिणत हुने गरेको भएपनि ओलीको नेतृत्वको सरकार पुरानै शैलीमा अगाडि बढि रहेको छ ।

यसरी अगाडि बढ्ने क्रममा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार समेत गरेका छन् । काम चलाउ सरकार विस्तार गर्ने अधिकार ओली कहाँबाट पाए त्यो पनि आम सर्वसाधारणले प्रश्न गरिराखेका छन् । हो प्रधानमन्त्री ओलीले संवैधानिक कू गरेको अवस्था छ । तर उनी चुनावबाट भने भागिसकेको अवस्था छैन ।तसर्थ सकिन्छ संसद पुनःस्थापना गरिनुपर्दछ । यदि संसद पुनःस्थापना भएन भने चुनावबाट राजनीतिक दलहरु पछाडि हट्नु हुँदैन । अन्यथा संसद पनि पुनःस्थापना नहुने अनि चुनाव पनि नहुने अवस्था सिर्जना भयो भने मुलुकको भविष्य के होला ? त्यो निकै सोचनीय विषय बन्न पुगेको छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s