क्रियाशिल पत्रकार महिला तनहुँको अध्यक्षमा कँडेल चयन

दमौली ,१३ पुस ।
क्रियाशिल पत्रकार महिला तनहुँको अध्यक्षमा विमला कँडेलको अध्यक्षतामा सर्व सम्मत नयाँ कार्य समिति चयन भएको छ ।
आईतबार सम्पन्न आठौं साधरण सभा तथा चौथो अधिवेशनले नयाँ समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले, सहसचिवमा कारिष्मा गुरुङ चयन भएका छन् । सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता वि.क., मुना कालिराज वि.क. चयन भएकी छिन् । अधिवेशनको प्रमुख अतिथिमा व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशी रहेकी थिईन् ।


उक्त अवसरमा जोशीले नेपाली मिडियामा महिला सहभागितामा वृद्धि गर्न महिला पत्रकारको क्षमता अभिवृद्धि गरिनु पर्ने र त्यसको लागि नगरपालिकाको तर्पmबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । क्षमता भएका महिलाहरु सञ्चार माध्यमा टिकिरहन मद्धत पुग्ने र महिला विकासका कुराहरु प्रकाशमा आउने बताइन् । सो अवसरमा क्रियाशिल महिला पत्रकार तनहुँको पूर्व अध्यक्ष सोनी शर्मालाई सम्मान गरिएको थियो । उनलाई पत्रकारिताको माध्यमबाट महिलाको हक, अधिकार नेतृत्व विकासको लागि योगदान पु¥याए बापत सम्मान गरिएको हो । क्रियाशिल महिला पत्रकारको जिल्ला अध्यक्ष अन्जना तिमिल्सिनाको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले, महासंघका गण्डकी प्रदेशका सदस्य गोरा मिया, प्रेस संगठनका अध्यक्ष नारायण खड्का, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, सञ्चारिका समुहकी सचिव सम्झना रसाईली लगायतले शुभकामना दिएका थिए।


सोही अवसरमा क्रियाशिल महिलाले सञ्चालन गरेको खोज पत्रकारिता तालिमको समापन गरिएको थियो । तालिममा सहभागीलाई उपप्रमुख जोशीले प्रमाणपत्र प्रदान गरेकी थिइन् । तालिमको सरीता पंगेनी र दुर्गा अधिकारी लगायतकले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s