दाहाल –नेपाल पक्षधरद्धारा तनहुँमा छुट्टै भेला आयोजना

दमौली ,१२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर तनहुँमा समेत परेको छ ।

विभाजनको असर परे सगै दुबै खेमाले छुट्टा छुट्ै भेला र बैठक आयोजना गर्न थालेका छन् । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल र माधव नेपाल पक्षले आइतबार दमौलीमा छुट्टै भेला आयोजना गरेको छ ।


दाहाल–नेपाल पक्षद्धारा आयोजना गरिएको भेलामा केन्द्रीय सदस्यहरु हरिबहादुर चुमन , आशा कोइराला , पीएल श्रेष्ठ , विघटित प्र्रतिनिधी सभाका सदस्य कलिला खान , नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने , पार्टीका नेताहरु विद्या ढकाल , शंकर नारायण श्रेष्ठ ,मदन आले , विष्णुभक्त सिग्देल,अतिन्द्रकेशरी न्यौपाने , श्रीराम कार्की ,ओमकुमारी पौडेल लगायतको उपस्थिती रहेको छ । दाहाल –नेपाल पक्षको भेला तनहुँ उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको छ ।

भेलामा सहभागी नहुन जिल्ला अध्यक्षको अपिल
यसैबीच नेकपाका तनहुँका अध्यक्ष केदार सिग्देलले आज पार्टीको कुनै भेला नभएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत सिग्देलले सो अपिल गरेका हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s