प्रथम ऋषिङ म्यारथन दौड प्रतियोगिता हुने

प्रकाश अधिकारी/सेतीमादी
दमौली, १० पुस ।


प्रथम ऋषिङ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ऋषिङ गाउँपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


ऋषिङको प्राकृतिक, ऐतिहासिक तथा धार्मिक पर्यटन प्रबद्र्धनको लागि ‘स्वास्थ्य र पर्यटनको लागि खेलकुद’ भन्ने मुल नाराका साथ यही पुस २७ गते प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका दमौलीमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रतियोगिताले ऋषिङको पहिचानलाई प्रचार प्रसार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको १० लाख रुपियाँ वजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा खुला र स्थानीय र महिला गरी तीन खेल हुनेछन् । खुलामा प्रथम रु ६५ हजार, द्धितिय रु ४० हजार, तृतीय रु २५ हजार र सान्त्वना ३ जनालाई तीन हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दौड वडा नम्बर ८ स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल गढीकोतबाट वडा नम्बर ३ स्थित दुबुङ भ्यू टावर सम्म ४० किलोमिटर दुरीमा हुनेछ ।


स्थानीय प्रतियोगीको लागि गढीकोतबाट वडा नम्बर ६ स्थित ज्यामिरेमाई मन्दिर सम्मको १० किलो मिटर दुरी तय गरिएको छ । यसमा प्रथम, द्धितिय र तृतिय पुरस्कार नगद रु १५ हजार, १० हजार र पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला तर्पm गढीकोतबाटै सुरु भएर वडा नम्बर ७ स्थित दुर्गाभवानी मन्दिर सम्मको ४ किलोमिटर दुरी तय गरिएको छ । यसमा प्रथम, द्धितिय र तृतिय पुरस्कार नगद रु १० हजार, ८ हजार र पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको अवसरमा वडा नम्बर ८ को कोतमा निर्माण गर्न लागिएको गढी भ्यू टावरको शिलान्यास र वडा नम्बर ३ मा निर्माण पुरा भएको दुबुङ्ग भ्यू टावरको उद्घाटन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । प्रतियोगीले पुस २६ गते सम्म नाम दर्ता गर्न पाउने संयोजकमा इन्द्रबहादुर आलेलाई तोकिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, नेपाली काँग्रेस तनहुँका सदस्य बिमल गिरी, नेकपाका नेता हरिराज कँडेल लगातयले धारणा राखेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s