
सेतीमादी संवाददाता
दमौली , १० पुुस ।
व्यास नगरपालिका–४ बागभञ्ज्याङमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ग १४ प १५२८ नम्बरको मोटरसाइकलमा सवार व्यास नगरपालिका–१० निवासी ५० बर्षीय मिन बहादुर दरैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले बताए । दुर्घटना हुदाँ सख्त घाइते भएका दरैको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएपी तिमल्सिनाले बताए । चालक आपैm अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर बृद्धको मृत्यु
यसैबीच भिरबाट लडेर तनहुँका एक वृद्धको मृत्यु भएको छ । भीमादनगरपालिका–७ स्थित चारघरे निवासी ६७ वर्षीय ओमबहादुर थापाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
थापाको घर नजिकैकोको भीरमा बिहीबार मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । बुधबारबाट हराई रहनु भएको थापाको खोजी गर्ने क्रममा भीरमा लडेर मरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएपी युवाराज तिमिल्सिनाले जानकारी दिए ।