वरिष्ठ नेता पौडेलसँग कुनै विवाद भएको छैन–के.स. भण्डारी

सेतीमादी संवाददाता
दमौली, ०९ पुस ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बुधबार बैठकमा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग आफ्नो कुनै विवाद नभएको बताएका छन् ।


“वरिष्ठ नेता पौडेलसंग मेरो विवाद भयो भनेर अर्नगल प्रचारबाजी गरिएको छ, त्यसमा कुनै सत्यता छैन ।” केन्द्रीय सदस्य शंकर भण्डारीले भने । “वरिष्ठ नेता र मेरो विवाद भयो भनेर गलत सूचना प्रवाह गरियो, त्यो अत्यन्त दुःखद कुरा हो ।” के.स. भण्डारीले भने । आफुले केन्द्रीय कार्य समिति बैठकमा अदालतको निर्णय कुर्नुपर्छ र केन्द्रीय सदस्यहरुले पनि धारणा राख्न पानुपर्छ भनेर भनेको समेत बताए ।


के.स. भण्डारीले सामाजिक सञ्जाल मार्फत समेत वरिष्ठ नेता पौडेल संग कुनै विवाद नभएको जानकारी गराएका छन् । साथै के.स.भण्डारीले सञ्चार माध्यममा सत्य, तथ्य र यथार्थ समाचार प्रकाशित गर्नका लागि आग्रह समेत गरेका छन् ।


कांग्रेस न्यायलयमा विश्वास राख्ने र लोकतान्त्रिका पार्टी भएको हुँदा संसद विद्यटनको विषयमा रीट दायर भएको हुँदा अदालतको निर्णयलाई कुर्ने धैर्य गर्नुपर्ने के.स.भण्डारीको भनाई रहेको छ । बुधबार केन्द्रीय कार्य समिति बैठकमा समेत अदालतको निर्णय कुर्नु पर्ने र सदस्यहरुलाई बोल्न दिनुपर्छ भनि आफूले संक्षिप्त धारणा राखेको भण्डारीको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s