
दमौली , ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरी निर्वाचनको मिति घोषणा गरे सगै मुलुकको राजनीति एकाएक तरङगित हुन पुगेको छ ।
यसरी तरङगित हुने क्रममा एकथरी प्रधानमन्त्रीको कदम सहि भएको भन्दै ताजा जनादेशमा जानका लागि निर्वाचनमा जानु उपयुक्त भएको धारणा सार्वजनिक गरिरहेका छन् भने अर्का थरीले भने संवैधानिक कू भएको हुँदा प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा आन्दोलन अपरिहार्य भएको बताउँदै आईरहेका छन् ।त्यस्तै प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा सर्वोच्च अदालतमा १२ वटा रीट समेत दायर भएको छ । जुन रीटको विषयमा शुक्रबार देखि संवैधानिक इजलासमा वहस समेत हुन भएको छ । संसद विघटनको विषयलाई लिएर सिङगो राजनीतिक वृतमा पक्ष र विपक्षमा वहस भईरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली काग्रेस भित्र समेत पक्ष र विपक्षमा वहस सुरु हुन थालेको छ ।यसै सिलसिलमा मंगलबार देखि सुरु भएको काग्रेस केन्द्रीय कार्य समिति बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । मंगलबार भएको केन्द्रीय कार्य समिति बैठकमा बोल्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको कदम संवैधानिक कू भएको हुँदा विरोधमा उत्रनुको विकल्प नभएको धारणा राखेका थिए ।ओलीको कदमले लोकतन्त्रनै खतरामा परेको जिकिर समेत वरिष्ठ नेता पौडेलको भनाई थियो । वरिष्ठ नेता पौडेल तनहुँ घटना देखि ओली प्रति निकै आक्रामक हुँदै आईरहेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विषयमा वरिष्ठ नेता पौडेल आक्रामक रुपमा प्रस्तुत हुनुको भित्रि कारण भने संसद पुर्नस्थापना भएको अवस्थामा नेकपाको पुष्पकमल दाहाल –माधव नेपाल खेमाले राष्ट्रपतिको अफर गरेको चर्चा काग्रेस वृतमा चल्न थालेको छ । पुस ३ गते दाहाल र नेपाल संग भेट लगायत पछिल्ला चरणमा भएका सम्वादमा समेत उनीहरुले पौडेललाई निर्वाध रुपमा राष्ट्रपतिको अफर राख्दै आईरहेका छन् । जुन अफरका कारण वरिष्ठ नेता पौडेल कुनै पनि हालतमा संसद पुर्नस्थापना गर्नुपर्ने अडान चर्को रुपमा राख्दै आईरहेका छन् । वरिष्ठ नेता पौडेलले संसद पुर्नस्थापना गर्नुपर्ने चर्को आवाज राख्दै आईरहेपनि पार्टी सभापति शेरबहादुर देउवा भने ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने पक्षमा रहेका छन् ।यद्यपी संसद विघटनको रीट सर्वोच्चमा दायर भएको हुँदा पार्टी सभापति देउवा मौन रहँदै आएका छन् ।