क्यामिन पर्यटन मार्गको गुणस्तरीयतामा जोड देऊ

व्यास नगरपालिका वडा नं ७ स्थित क्यामिन पर्यटन मार्गको गुणस्तरीयतामा प्रश्न चिन्ह उब्जिन पुगेको छ । व्यास नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को बजेट बाट निर्माण गरिएको मार्गको कालोपत्रे गर्ने क्रममा चरम लापरवाही भएपछि स्थानीय देखि सोही वडाका वडा अध्यक्ष सतिचन्द्र न्यौपानेले समेत क्यामिन पर्यटन मार्गको गुणस्तरीयता माथि प्रश्न चिन्ह उठाएका हुन् । स्थानीय वासिन्दा र वडा अध्यक्ष न्यौपानेले वताए अनुसार करिब ८ सय मिटर दुरी रहेको सो मार्गको कालोपत्रे गर्ने क्रममा सडकको भाग भन्दा नालाको भाग अग्लो रहेको छ ।त्यस्तै स्टमेट अनुसार सडकको भाग कालोपत्रे गरिएको छैन भने सडकको छेऊको भागको समेत कमजोर रहेको छ । जसका कारण कालोपत्रे चाँडै नै भत्कने अवस्थामा देखिन्छ । नगरपालिकाद्धारा सञ्चालित विकास निर्माणको योजनाका विषयमा यसरी प्रश्न गर्ने ठाउँ सिर्जना हुनु चरम लापरवाहीको विषय हो ।तसर्थ क्यामिन पर्यटन मार्गका विषयमा सूक्ष्म ढंगले अनुसन्धान गरी दोषीलाई कार्वाही गर्ने विषयमा नगरपालिकाको ध्यान पुग्नु जरुरी देखिन्छ ।

हुन त नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणका योजनामा चरम लापरवाही भएको घटना यो पहिलो भने होइन । यो भन्दा अगाडि पनि थुप्रै योजना विकास निर्माणका योजनामा यस्तै चरम लापरवाही हुँदै आईरहेका थिए । तर चरम लापरवाही गर्नेहरुलाई कडा कार्वाही नहुँदा पछिल्लो लापरवाहीको घटना त्यसकै उपज हो । यद्यपी क्यामिन पर्यटन मार्गको कालोपत्रेमा लापरवाही गर्ने ठेकेदारलाई लापरवाही सुधार गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिई सकिएको व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर राजु पौडेलले बताएका छन् । यसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ । तर पटक–पटक किन किन यस किसिमका लापरवाहीहरु हुन्छन् त्यो भने नगरपालिकाको जिम्मेवार तहमा बसेका व्यक्तिहरुले सोच्नु जरुरी देखिन्छ ।

सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s