
दमौली ,७ पुस ।
सघन कक्ष सञ्चालन गर्न दमौली अस्पतालले चार वटा भेन्टिलेटर खरिद गरेको छ ।
सङ्घीय सरकारले कोरोना लक्षित विरामीको लागि मद्धत पुग्ने गरी पूर्वाधार थप गर्न दुई करोड रुपैयाँ बजेट विनियोजन गरेकोले सोही रकमबाट ति भेन्टिलेर खरीद गरि ल्याईएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले जानकारी दिए । भेन्टिलेटर खरीदको लागि १ करोड ६५ लाख रुपैयाँ खर्च भएको उनले बताए । बाँकी रकम बेड व्यवस्थापनको लागि खर्च गरिने भएको छ ।
कोरोनाका बिरामीको उपचारका लागि समेत मद्धत पुग्ने गरी अस्पतालको पुरानो भवनलाई आइसियुसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माण भईरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । दमौली अस्पतालमा तनहुँका अतिरिक्त कास्कीको पूर्वि भेग लमजुङ र गोरखाको दक्षिणी भेगका वासिन्दा पनि उपचारको लागि आउने गर्छन् । चार वटा भेन्टिलेटर सहितको दश वेड क्षमताको आइसोलेशन निर्माण भईरहेको अधिकारी बताउँछन् । जिल्लास्तरीय अस्पतालमा नै सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौ पुगेर स्वास्थ्य सेवा लिनु पर्दा विरामीलाई आर्थिक भार समेत पर्दै आइरहेको छ ।