मुलुक अस्थिरता तर्फ धकेलिदै

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक ढंगले संसद विघटन गरे सगै मुलुक अस्थिरता तर्फ धकेलिन पुगेको छ । खासगरी संसद विघटनले मुलुकमा राजनीतिक संकट उत्पन्न हुन पुगेका कारण मुलुक अस्थिरता तर्फ धकेलिन हुन पुगेको हो । संसद विघटनसंगै ताजा जनादेशका लागि वैशाखमा मध्यावधि निर्वाचन घोषणा समेत गरिएको छ । वैशाखमा हुने मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन समेत दिईएको अवस्था छ । तर संसदको बाँकी अवधि हुँदाहुँदै जुन हिसाबले संसद विघटन गरिएको छ ।त्यसको सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र अन्य राजनीतिक दल तथा नागरिक समाज र आम सर्वसाधारण चौतर्फी रुपमा विरोध भईरहेको छ । विरोधमा उत्रिएकाहरुले संवैधानिक कू गरेर संसद विघटन गरिएको निचोड समेत निकालेका छन् ।

यद्यपी विघटित संसद सर्वोच्च अदालतबाट व्यूँतिने झिनो आशा भने अझै बाँकी रहेको छ । तर प्रधानमन्त्री र प्रधानन्याधीशको साँठगाँठ हेर्दा संसद व्यूँतिने सम्भावना निकै कम रहेको छ । संसद विघटन गरेको भोलीपल्टै आफू निकटका नेताहरुसंग भएको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत संसद व्यूँताउने अवस्था नरहेको भनि दिएको अभिव्यक्तिले पनि प्रधानमन्त्री र प्रधानन्यायाधीश बीचको साँठगाँठ रहेको सहजै अनुमान लगाउन सकिन्छ । त्यतिमात्र होइन संवैधानिक परिषदमा भागवण्डा गर्ने क्रममा प्रधानन्यायाधीशको भागमा समेत सदस्यहरु भागवण्डा गरिनुले पनि संसद व्यूँतिने सम्भावना निकै कम देखिन्छ । यसैबीच प्रधानमन्त्री ओलीको कदमका विरुद्ध सत्तासिन नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल तथा प्रमुख प्रतिपक्ष नेपाली काग्रेस र अन्य राजनीतिक दलहरुले सशक्त रुपमा प्रतिकार गर्ने उद्घोष गरिरहेका छन् । सोही अनुसार सर्वदलीय बैठक र छलफल अनि विरोधका कार्यक्रमहरु समेत अगाडि बढि रहेको अवस्था छ । यस्तो अवस्थामा मुलुकको कुन गति लिने हो भन्न निकै कठि छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s