
दमौली ,७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओलीको केन्द्रीय सदस्यमा तनहुँबाट दुई जना परेका छन् ।
ओली समूहको केन्द्रीय सदस्यमा पर्नेमा निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने रहेका छन् । ओली समूहको आज बसेको केन्द्रीय कार्य समिति बैठकले बिस्तारित गरेको १११९ सदस्यीय समितिमा श्रेष्ठ र न्यौपाने परेका हुन् ।