
दमौली , ६ पुस । क्यामिन पर्यटन मार्गको गुणस्तरीयताको विषयमा व्यास नगरपालिका वडा नं ७ का वडा वडा अध्यक्ष सतिसचन्द्र न्यौपानेले प्रश्न उठाएका छन् ।
पर्यटन मार्गको पीच गुणस्तरीय नभएको भन्दै वडा अध्यक्ष न्यौपानेले सामाजिक सञ्जाल मार्फत प्रश्न चिन्ह उठाएका हुन् ।“ क्यामिन पर्यटन मार्ग कालो पत्रे, सन्तोषजनक काम नभएको जनगुनासो ¨भनेर प्रतिक्रिया वडा अध्यक्ष न्यौपानेले सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन् । करिब ८ सय मिटर दुरी रहेको मार्ग नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७को बजेट निर्माण गरिएको हो । स्थानीयका अनुसार सडक कालोपत्रे गरिएको सडकको भाग नाला भन्दा होचो रहेको छ । जसले गर्दा सडकको पानी नालामा जान सक्ने अवस्था रहेको छैन ।त्यस्तै स्थानीयले बताए अनुसार इस्टमेट अनुसार पीच गर्नुपर्ने भाग समेत पीच गरिएको छैन भने सडकको छेउको भाग समेत निकै कमजोर ढंगले पीच गरिएको छ ।

यस सम्बन्धमा वडा अध्यक्ष न्यौपानेसंग सम्र्पक गर्दा कालोपत्रेको विषयमा जनगुनासो आएसगै आफूले कालोपत्रेको अनुगमनमा गएको बताउँछन् । अनुगमनका क्रममा स्थानीय गरेको गुनासोमा सत्यता रहेको समेत आफूले पाएको वडा अध्यक्ष न्यौपानेले बताए । यस सम्बन्धमा व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर राजु पौडेलसंग सम्र्पक गर्दा कालोपत्रे गर्ने क्रममा त्रुटी भएको स्वीकार गरे । कालोपत्रे गर्ने क्रममा भएको त्रुटीलाई सच्याउन ठेकेदारलाई निर्देशन दिई सकेको समेत इन्जिनियर पौडेलले बताए ।