कमाउन गएका रानाको मृत्यु भएपछि परिवारको बिचल्ली

अमरराज नहर्की
दमौली ,६ पुस ।
धन कमाउन विदेश गएर घर फर्कदै गरेका तनहुँको एक युवकको बाटोमा नै मृत्यु भएपछि परिवारजनको बिचल्ली भएको छ ।
भारतमा रोजगारी गर्दै आएका घिरिङ गाउपालिका ४ का ३० वर्षीय वलसिंह रानाको घर नपुग्दै मृत्यु भएपछि उनको परिवारजन परेका हुन् । भारतमा वसेर रोजगारी गर्दै आएका रानाको मंसिर २७ गते रिसिङ गाउँपालिका–१ मादीसेती नदीको किनारमा रहस्यमय मृत अवस्थामा भेटिएको थियो ।
मंसिर २१ गते दमौली आइपुगेका राना विनय होटलमा खाजा खादै गर्दा हो हल्ला गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । भोली पल्ट जिल्ला प्रशासन कार्यालयवाट एक हजार जरिवाना गरी उनी छुटेका थिए । सामान र पैसा समेत झोलामा रहेका रानाले सामान लिन हस्ताक्षर गरे पनि सामानै नलगी एकाएक गायव भएको प्रहरीले जनाएको छ ।


मंसिर २२ गते देखि एकाएक गायव भएका राना मंसिर २७ गते रिसिङ गाउपालिका १ को झापुटार स्थित सेती र मादी नदिको ढुङ्गाको विच ककेरामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँको डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । घटना शङकास्पद रहेकाले सत्य तथ्य वाहिर आउनु पर्ने माग परिवारजनले गरेका छन् ।


रानाकी श्रीमती विमाया रानाले घर नपुग्दै श्रीमानको मृत्यु हुनुले घटना रहस्यमय भएकोले घटनाको छानबिन गरिनु पर्ने बताइन् । श्रीमानको मृत्यु पछि आफुहरु विचल्लीमा परेको जानकारी विमायाले दिइन । ११ वर्षीय छोरा कुमार राना र ९ वर्षीय छोरी सपना रानाको लालन पालन कसरी गर्ने भन्ने चिन्तामा उनी छिन् । भारतमा रोजगारी गरेर मासिक रुपमा २० हजार पठाउने गरेको र त्यसकै भरमा पालन पोषण गरेको विमाया बताउँछिन् ।
घटनाको छानविन गर्न मृतकका दाई बमबहादुर रानाले मङ्सिर २८ गते प्रहरीमा जाहिरी दिएका थिए । मृतककी वहिनी पूर्णिमा गागा मगरले पनि दाजुको मृत्यु पछि परिवारजन वेसाहारा बनेको वताए । श्रीमान्को मृत्यु भएपछि विचल्लीमा परेकी विमाया र उनका दुइ सन्तान छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s