
काठमाण्डौं,५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेका छन् ।
नेकपा भित्रको विवाद चुलिदै जाँदा आज बिहान मन्त्री परिषदको बैठक डाँकेर संसद विघटनका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीको यो निर्णयले नेपाली राजनीतिमा एकाएक तरङ उत्पन्न हुन पुगेको छ । सत्ता पक्ष र प्रतिपक्षी दलहरुले ओलीको यो कदमको कडा विरोध गरेका छन् ।