
दमौली, ४ पौष ।
व्यास नगरपालिका–८ बर्लाचीकी ६२ वर्षिय सिता नेपालीको रहस्यमय मृत्यु भएको छ ।
बृद्धा नेपाली मंसिर ३० गते दिउँसो घरबाट हराएकी थिइन् । स्थानीय वासिन्दाले खोजी गर्ने क्रममा घर नजिकैको खरबारीमा शुक्रबार बृद्धा मृत अवस्थामा भेटिएकी थिईन् ।
हत्या हो या आत्महत्या हो भन्ने बारेमा अनुसन्धान भईरहेको घटनास्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले बताए । उनी मृत अवस्थामा फेलापरे पछि पोखराबाट कुकुर सहितको टोली परिचालन गरी झुण्डिएको र भिरालो जमिनमा छोईएर मृत अवस्थामा भेटिएको उनले बताए । ‘दमौली अस्पतालमा पोष्टमार्टमाको ल्याईएको त्यसबाट पनि मृत्युको रहस्य पत्ता लगाउन सहज हुन्छ’ एसपी पौडेलले भने । एसपी पौडेलका अनुसार तीन दिन सम्म पनि महिला फेला नपरेपछि पुस २ गते हराएको भनि जाहेरी परेको र शुक्रबार मृत अवस्थामा भेटिएको थियो ।
स्थानीय वासिन्दाले बलात्कार पछि हत्या भएको भनि शनिबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन आएका छन् । बृद्धा निवस्त्र रुपमा भेटिएको र गुप्ताङ्गमा रगत समेत भेटिएकोले नियोजित रुपमा बलत्कार पछि हत्या गरिएको सोही ठाउँका काजी परियारले दावी गरे । सो गाउँ नजिकै विवाह परेकोले सबै जना त्यता गएको बेला एक्लै भएको मौका छोपी हत्या भएको मृतककी छोरी सोमा नेपालीले बताईन् । एक छोरा छुट्टिएर बसेको र एक छोरा कमाउन बाहिर गएकोले आमा घरमा एक्लै बस्दै आएकी सोमाले जानकारी दिइन् । सोही ठाउँ निवासी नातिनी ज्वाई माधव नेपाली शनिबार जिल्ला प्रहरी कार्यालयमा हत्या गरिएको भनि लिखित जाहेरी दिईएको बताउँछन् ।