
दमौली , ४ पुस । नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन भैरहवामा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट जेसीजको नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनबाट अरुणेश्वर खनाल अध्यक्षमा अत्याधिक मत ल्याई विजयी भएका छन् । अध्यक्षमा निर्वाचित खनालको तनहुँको चुँदी पुख्यौली थलो हो ।खनाल हाल चिववनमा बस्दै आएका छन् । अध्यक्षमा निर्वाचित खनालले १ हजार ९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी लालमणि भण्डारीले ५ सय १२ मत पाएका थिए । यसैबीच नेपाल जेसीजको कोषाध्यक्षमा दमौलीका पविन्द्र भट्राई मनोनित भएका छन् ।
