सेतीमादी संवाददाता
दमौली, ४ पौष ।
पोखरामा शनिबार सुरु भएको गण्डकी प्रदेश स्तरीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तनहुँले विजय सुरुवात गरेको छ । स्याङ्जालाई हराउँदै तनहूँ विजयी भएको हो ।

१४० रनल्याई १४१ को चुनौती दिएको तनहुँले स्याङ्जा १२९ रनमै सिमित भएपछि विजयको खाता खोलेको हो । प्रतियोगितामा तनहुँका करन श्रीमल उत्कृष्ट खेलाडी घोषित भएको क्रिक्रेट संघ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए । भोली तनहुँले नवलपुरसँग प्रतिस्पधा गर्दैछ । क्रिक्रेट प्रतियोगिताको लागि मान्यता पाएका तनहुँ, कास्की, नवलपुर र स्याङ्जाका खेलाडीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगितामा राजु गुरुङको कप्तानीमा चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजङ्ग बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट भई भाग लिएका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ,विशाल न्यौपाने र नविन बराली रहेका छन् ।