म्याग्दे गाउँपालिकाद्धारा ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण

दमौली , २ पुस । म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई सामाग्री हस्तान्तरण गरेको छ ।

ट्राफिक दुर्घटना न्यूनीकरणमा मद्धत पुगोस् भनेर म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई स्पीड लिमिट सामाग्री १० थान , रोक्न निषेध सामाग्री १० थान , दुर्घटना ग्रस्त क्षेत्र सामाग्री १० थान ,दुर्घटना सम्भावित क्षेत्र सामाग्री ७ थान र ट्राफिक कोन सामाग्री १० थान हस्तान्तरण गरिएको हो ।


सो सामाग्री गाउँपालिका अध्यक्ष मायादेवी राना र गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले सयुक्त तनहुँका प्रहरी प्रमुख अरुण पौडेललाई हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरण सगै राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अध्यक्ष रानाको भनाई थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष घिमिरेले दुर्घटना न्यूनीकरणका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए । म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी म्याग्दे गाउँपालिका पनि सवारी दुर्घटनाका हिसाबले निकै जोखिमपूर्ण क्षेत्र भएको हुँदा दुर्घटनामा कमी होस् भन्ने हेतुले ट्राफिक सम्बन्धी सामाग्री हस्तान्तरण गरिएको बताउँछन् । गाउँपालिकाले हस्तान्तरण गरेको सामाग्री म्याग्दे गाउँपालिकाको खण्डमा राखिने ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाटले बताए । गाउँपालिकाबाट सहयोग प्राप्त हुनु अत्यन्त सकारात्मक कार्य भएको समेत ट्राफिक प्रमुख रानाभाटको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s