बन्दीपुरको पर्यटनमा नयाँ आयम ल्याउँछौं– अध्यक्ष थापा

दमौली ,२ पुस ।
बन्दीपुर गाउँ पालिकाका अध्यक्ष पूर्णसिंह थापाले आफ्नो कार्यकालको अवधिमा बन्दीपुरको पर्यटनमा नयाँ आयाम ल्याउने बताएका छन् ।
सेतीमादी दैनिकसँग गरिएको कुराकानीमा अध्यक्ष थापाले बन्दीपुरको पर्यटनमा थप आर्कषित गर्न नौलो काम भईरहेको बताए । टुँडिखेलमा शिसाको भ्यू प्याइन्ट, रानीवनमा भ्यूटावर, विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मुकुन्देश्वरी मिनी ग्रेटवाल मिनीग्रेटवाल भईरहेकाले पर्यटकलाई थप आर्कषण बढाई पर्यटकको बसाई लम्बाउने र सङ्ख्या बढाउन मद्धत पुग्ने बताए । पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाई पाहुनलाई नयाँ अनुभूति लिन मद्धत पुग्ने अध्यक्ष थापा बताउँछन् । बन्दीपुर र रामकोट जोड्न साईकल लेन निर्माण जस्ता कुराले पर्यटनमा नयाँ आयाम आएको अध्यक्ष थापाको दाबी छ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा पालिकाको समेत लगानीमा केवलकार निर्माण, बन्दीपुरबाट दक्षिणी भेगमा पर्ने वेशीमा तालपार्क निर्माण जस्ता पर्यटनमा टेवा पुग्ने उनी बताउँछन् ।

पिप्ले–बन्दीपुरको बाटो फराकिलो बनाउने, बन्दीपुर बजार क्षेत्रमा रिङ्रोड बनाउने काम पनि दु्रत गतिमा भईरहेको अध्यक्ष थापा बताउँछन् । बन्दीपुर बजारका साथसाथै बन्दीपुरको अन्य स्थानमा पर्यटकलाई आकर्षित गर्न १२ वटा होमस्टे सञ्चालनमा ल्याईएको उनी बताउँछन् । पर्यटकलाई सत्कार, स्वागत गर्ने, संस्कृति संरक्षण गर्ने कार्यमा पालिकाले मद्धत गरिरहेको अध्यक्ष थापाको भनाई छ । बिमलनगरमा रहेको दक्षिण एसियाकै ठुलो दाबी गरिएको शिद्ध गुफामा जाने मोटरबाटो कालोपत्रे गर्ने तथा सिंढी र बारलाई मर्मत सम्भार भईरहेको अध्यक्ष थापा बताउँछन् बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।


कृषिमा आत्मनिर्भर मात्रै नभएर निर्यात बढाउनको लागि उत्पादनमा आधारित अनुदान वितरण गर्ने तथा जमिनको चाक्काबन्दी र हाट बजार निर्माण काम भईरहेको उनी बताउँछन् । गत वर्ष २ सय रोपनी र यो वर्ष ८ सय रोपनी जमिनलाई चाक्लाबन्दीको काम गरी व्यावसायिक र सामुहिक खेतीलाई प्रोत्साहन गरेको अध्यक्ष थापाले बताए । बन्दीपुरको समग्र विकासको लागि २० वर्षे गुरु योजना निर्माण भई सकेको यही पौष महिनामा गुरु योजना सार्वजानिक गरिने अध्यक्ष थापाले जानकारी दिए । युवाहरुलाई रोजगार दिन अध्यक्षसँग रोजगार कार्यक्रम ल्याईएको र त्यसको लागि बेरोजगारीको चाहेको रोजगारको बारेमा अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s