पर्यटकलाई आकर्षित गर्न बन्दीपुरमा साईकल लेन

अमरराज नहर्की
दमौली ,२ पुस ।
बन्दीपुरलाई पर्यटकको लागि थप आर्कषण गन्तव्य बनाउन साईकल लेन निर्माण भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मजदुरहरु परिचालन गरी साइकल लेन निर्माण भईरहेको छ ।
गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो । गत वर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै साइकल लेन निर्माण गरिएको अघि बढाईएको थियो । बन्दीपुर बजारको मुकुन्देश्वरीदेखि पर्यटकीय गाउँ रामकोट जोड्ने गरी ५ किलो मिटर साइकल लेनको काम पुनः थालिएको गाउँपालिका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिए । गत वर्ष तीन किलो मिटर निर्माण गरिएको र यो वर्ष दुई किलो मिटर र विग्रिएको बाटोको मर्मत संभार गरी साईकल लेनले दुई पर्यटकीय स्थल जोडिने संयोजक गुरुङले बताए । संयोजक गुरुङका अनुसार पालिकाको रोजगार व्यवस्थापन सूचना प्रणालीमा ३६० सूचिकृत भएका र अति विपन्न रहेका १ सय जनालाई रोजगार प्रदान गरिएको छ । हालै काममा खटिएका उनिहरुले १ सय दिनसम्म काममा खटिने भएका छन् । श्रमिकले दैनिक ५१७ रुपैयाँ ज्याला पाउने गरी काममा खटाईएको छ ।


गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।
गाउँपालिकाले चालु आ.व.को नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण भईरहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने हँदा प्रचारप्रसार हुने, पदमार्गमा रमाउने पर्यटकको रोजाईमा पनि पार्नको लागि साईकल लेन निर्माण अघि बढीरहेको अध्यक्ष थापा बताउँछन् ।


अपाङ्गता भएका व्यक्तिहरु खुसी
साईकल लेन निर्माण कार्य अघि बढेपछि अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका छन् ।
साईकल लेनमा ह्लिचियरबाट अवलोकन गर्न मिल्ने भएकोले अपाङ्गता भएको व्यक्तिहरुमा खुसी छाएको बन्दीपुर अपाङ्गता सरोकार समितिका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
‘अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा अवलोकन गर्न मिल्नेगरी अपाङ्गमैत्री बाटोघाटोको व्यवस्था गर्न सार्वजानिक सुनुवाई कार्यक्रममा आवाज उठाउँदै आईरहेका थियौं अब पुरा हुने क्रममा हुँदा खुसी लागेको छ’ अध्यक्ष थापाले भने । बन्दीपुर बजारभित्र ह्लिचियरमा अपाङ्गता भएका व्यक्ति अभैm जान मिल्ने गरी बाटोको व्यवस्था नभएकाले अपाङमैत्री बनाउन माग राखिएको उनले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s