
दमौली ,२ पुस ।
मंसिर २९ गतेको विरोध सभा बनाउन सफल बनाउन सहयोग गर्ने सबैलाई नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले धन्यवाद ज्ञापन गरेका छन् ।
त्यसमा पनि तनहुँका पार्टीका नेता तथा कार्यकर्ता, जिल्ला कार्य समिति, नगर तथा गाउँ र वडा तथा टोल कार्य समितिलाई के.स. भण्डारीले विशेष धन्यवाद दिएका छन् । सबैको एक्येवद्धताले विरोध सभा भव्य रुपमा सम्पन्न भएको के.स.भण्डारीले बताएका छन् ।
के.स. भण्डारीले सामाजिक सञ्जाल मार्फत धन्यवाद ज्ञापन गरेका हुन् ।